२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! गुडिरहेको मोटरसाइकलमा किन यसरी लाग्छ आगो

२०७४, २२ पुष शनिबार ०५:५६

पुस २२, काठमाडौँ (टिप्स) | हामीले केहि यस्ता घटनापनि भोगेको वा देखेको छौं जो अपत्यारिलो तर हाम्रो आफ्नै असावधानीको कारण निम्तन सक्छ ।

शुक्रबार राजधानीको पुरानो बसपार्कस्थित सडकमा गुडिरहेको एक मोटरसाइकलमा अचानक आगो लाग्यो । गुडिरहेको बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि सडक किनारमा रोक्दा एक्कासी आगो दन्किएको चालक राजेन्द्र कँडेलले जानकारी दिए ।


एकाएक मोटरसाइकलमा आगो लागेपछि तत्काल दमकल आएर निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने खुल्न नसके पनि यसरी आगो लाग्नुको कारणहरु बिबिध छन् । त्यसैले तल यसबारे जानकारी लिन सक्नुहुनेछ । 

गुडिरहेको मोटरसाइकलमा आगो लाग्न सक्ने बिभिन्न कारणहरु छन्:- 

१. मोटरसाइकलमा पेट्रोल लिकेज भएको छ भने आगो लाग्ने सम्भावना हुन्छ । लिकेज पेट्रोलको कारण मोटरसाइकल स्टार्ट गर्दा वा चलिरहेको अवस्थामा ब्याट्री सर्ट हुँदा मोटरसाइकलमा आगो लाग्न सक्छ । 

२. ब्याट्रीबाट आएको मेन वायरिङ तार एक ठाँउमा जोडियो भने वायरिङमा उच्च ताप उत्पन्न भएमा आफै आगो लाग्छ ।

३. कार्बोरेटरबाट तेल चुहिएको बेला सट सर्किट भएमा आगो लाग्न सक्छ ।

४. पेट्रोल र फायरिङ लिगेज एकैपटक भएको बेलामा बाइकमा एक्कासी आगो लाग्न सक्छ ।

एस्तो हुनबाट बच्न सावधानीनै मुख्य कुरा हो । यस्ता दुर्घटनाबाट बच्न गुणस्तरिय सामान प्रयोग गर्नु पर्छ भने बिना फ्युजको ब्याट्री, जलेको तार जस्ता सामग्री प्रयोग गर्नु हुँदैन । हरसम्भव मोटरसाइकल चढ्नु अघि कतैबाट पेट्रोल लिकेज भएको छ/छैन, फयरिङ लिगेज भएको छ कि छैन ध्यान दिनु पर्छ । यदी लिकेज छ भने तत्काल मर्मत गर्नु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय