१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगलागी पिडितका लागि प्रधानमन्त्री समक्ष सहयोगको अपिल

२२ पुष २०७४, शनिबार ०८:२७

चिसाङ शेर्पा/पुस २२, खोटाङ । हलेसीमा आगलागी पिडितका लागि प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष सहयोगको अनुरोध गरिएको छ । 

गत मंगलबार साँझ आगलागीबाट घर तथा अन्नपात ध्वस्त भएका हलेसी तुवाचुङ नगरपालिका महादेबस्थान ७ का मगम राई, उचित बहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको घरमा होलसेल पसल गर्ने उदयपुर कटारीका व्यवसायी जगदीस दास लगायतका पिडितको सहयोगका लागि अपिल गरिएको हो ।

अग्नि पिडितको सहयोग निवेदन लिनुहुंदै प्रधानमन्त्री शेर बहादुर देउवा । तस्विर: सौजन्य, बिमला राई

अग्नि पिडित परिवारलाई नगरपालिका, विभिन्न संघसंस्था र प्रवासबाट राहत उपलब्ध भईरहेको अवगत गराउँदै राज्यको तर्फबाट थप सहयोगको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर शनिवार प्रधानमन्त्री देउवा समक्ष सहयोगको अनुरोध गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले बताउनुभयो । 

नगरपालिकाको सहयोग निबेदन लिदै प्रधानमन्त्री देउवाले पिडितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको कांग्रेस क्षेत्र नम्बर दुईका महासमिति सदस्य रबि प्रकाश राईले जानकारी दिनुभयो ।

संक्रमणकालिन अवस्थामा रहनुभएका प्रधानमन्त्री देउवाले सहयोगको आश्वसन दिलाए पनि त्यसलाई जिल्लाका नेताहरुले फ्लोअप गरेमा निश्चयरुपमा पिडितहरुले सहयोग पाउने नगरपालिका उपप्रमुख राईले बताईन् । गत पुस १८ गते मगमको घरबाट शुरु भएको आगोले ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक