२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विदेशको मोह त्यागेर दाजुभाइ स्वदेशमै व्यावसायिक टर्कीपालनमा

२०७४, २२ पुष शनिबार १६:१३

पुस २२, कपिलवस्तु | कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् ।

रु १४ लाखको लगानीमा १ वर्ष अघिदेखि सुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका दाजुभाइ युवराज पौडेल र युधीर पौडेलले चार कट्ठामा खोर बनाएका छन् भने ६ कट्ठामा स्टाइलो रियो सन्टी सिभो जातको घाँस लगाएका छन् ।

बिस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन्स्वदेशमा केही काम पाइँदैन, पाए पनि खासै आम्दानी हुँदैन भन्ने आम मान्यतालाई चुनौती दिँदै यहाँका युवाले सामूहिक टर्कीपालन गरी मनग्य आम्दानी गरेका छन् ।


स्वदेशमै केही गरेर देखाउन शिवराज नगरपालिका–३ खरेन्द्रपुरका यी दाजुभाइ टर्कीपालनमा कम्मर कसेर लागेका छन् । कुनै पनि कामले मानिसलाई सानो र ठुलो नबनाउने भन्दै राम्रो अध्ययनपछि आफूहरू टर्कीपालनमा लागेको उनीहरू बताउँछन् ।

मेहनत र परिश्रम गरे जुनसुकै काम वा व्यवसायबाट पनि प्रशस्त लाभ लिन सकिने उनीहरूको दाबी छ । स्वदेशमै लगानी गरेर आफ्नो पहिचान कायम गर्न उनीहरू व्यावसायिकरुपमा टर्कीपालनलाई अँगालेकाको सञ्चालकद्वारा बताउँछन् । – आभास पौडेलको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते