पुस २३, बर्दिया । ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।
ओछ्यानमै चुरोट पिउँदै गर्दा सिरकबाट सल्केको आगोले ठाकुरबाबा नगरपालिका–९ बेतहनीकी ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
शनिबार राति चुरोट पिउने क्रममा अगोलेर जलेर उहाँको मृत्यु भएपनि घरपरिवारले आज बिहान मात्र थाहा पाएको थियो । रासस
यस बिषयमा तपाइको प्रतिक्रिया...!