२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा स्वास्थ्य बीमा दर्ता शुभारम्भ

२०७४, २४ पुष सोमबार १२:२४

चिसाङ शेर्पा | पुस २४, खोटाङ | खोटाङमा स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ भएको छ । नेपाल सरकार स्वास्थ्य सुरक्षा विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयका तालिम प्राप्त स्वास्थ्यकर्मीले रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाललाई स्वास्थ्य बीमा सदस्यता कार्ड वितरण गरेर जिल्लाबाट स्वास्थ्य बीमा शुरुवात गरेको हो ।

गत मंसिर १६ गते हलेसी तुवाचुङ नगरपालिकाबाट अन्तरक्रिया गरी थालनी भएको स्वास्थ्य बीमा कार्यक्रमले ४ सयबढि स्वास्थ्यकर्मीलाई जानकारी गराएर सोमबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा कार्यक्रम गरी स्वास्थ्य बीमा शुभारम्भ गरेका हुन् ।

बिमित ब्यक्तिले प्रथम स्वास्थ्य केन्द्र अन्तरगत जिल्ला अस्पताल, ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, गाईघाट अस्पताल, ओखलढुंगा अस्पताल र सोलु अस्पतालमा स्वास्थ्य बीमाको सुविधा लिन सकिने जिल्ला अस्पताल खोटाङका डाः राम बहादुर केसीले जानकारी दिनुभयो ।


यसैगरी, तराईका स्वास्थ्य केन्द्रहरुमा कोशी अञ्चल अस्पताल, नोवेल अस्पताल, विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान रहेका छन् । राजधानीमा बीर अस्पताल, ट्रमा सेन्टर, शुक्रराज शास्त्री अस्पताल, शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपनका लागि भक्तपुर अस्पताल, प्रसुती गृहका लागि पाटन अस्पताल र आँखाका लागि तिलगंगा अस्पतालमा स्वास्थ्य बीमा सेवा लिन पाउने डाः केसीले बताए । 

कुनै पनि ब्यक्तिले पैसाको अभावमा ज्यान गुमाउन नपरोस भन्ने हेतुले शुरुवात गरिएको स्वास्थ्य बीमा कार्यक्रम बराहपोखरी गाउँपालिकाको बरापोखरीमा विवाद हुंदा दर्ता सहयोगी छनौट भएको छैन । दिप्सुङमा एसएलसी उतिर्ण नभएका र छनौट भए पनि तालिममा सहभागी नहुंदा दिप्लुङमा स्वास्थ्य वीमा कार्यक्रम लागु भएको छैन ।  

जिल्लाका स्थानीयवासीले वार्षिक रुपमा दुई हजार ५ सय तिरेर एकाघरको बढीमा पाँच जनाको स्वास्थ्य बीमा गर्न सक्नेछन् । बीमा गराएका परिवारले बढीमा ५० हजार बराबरको स्वास्थ्य उपचार पाउने जनाइएको छ । 

तश्विरमा: स्वास्थ्य बीमा कार्ड लिनुहुंदै रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजाल तस्विर चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित