पुस २५, काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सर्वाेच्च अदालतमा बयान दिएका छन् ।
डा केसीले आफ्नो बयानमा आफूले अदालतको अवहेलना गरेको नभई सवोच्च अदालतका प्रधानन्याधीस गोपाल पराजुलीले अदालतको अवहेलना गरेका बताएका छन् ।
केसीले दिएको बयानमा प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनिमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत उल्लेख गएका छन् ।
पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६/७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए ।
उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६/७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’
उनले अघि भनेका छन्, ‘एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हुँ । निजले राजीनामा दिनुपर्छ भन्ने मेरो विश्वास हो । अन्यथा न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्न निजबाट बाधा अवरोध भइरहन्छ ।’
डा केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उहाँबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन् ।
सर्वोच्चको आदेशपछि अनस्थल स्थलबाटै पक्राउ परेका डा. केसीलाई विहानै अदालत लगिएको थियो । उनको बयान सकिएको छ र, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ ।