१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, दुई जना घाइते

२५ पुष २०७४, मंगलवार १०:५३

पुस २५, गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा मोटरसाइकल दुर्घटनामा आज बिहान एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ हलखोरी बस्ने पुण्यदेव रायकी पत्नी ३८ वर्षीया प्रकनियादेवी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बतानुभयो । 

प्रकनियादेवी ज८प ४८६० नंको मोटरसाइकलमा चढी आफ्ना ज्वाइँसँग भारत विहारको सुरसण्डबाट आज बिहान आफ्नो घर आउँदै गर्दा एकडारा–४ स्थित सडकमा उनीहरु चढेका मोटरसाइकलले विपरीत दिशाबाट दुई बालक चढी आउँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा परी उनको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटामै मृत्यु भएको थियो । मृतकका ज्वाइँ घटनापछि फरार छन् । 

सोही दुर्घटनामा परी साइकलमा चढेका स्थानीयवासी १२ वर्षीय अभिराम पाण्डे र १० वर्षीय अमित पाण्डे घाइते भएकामा उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक