२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी एस्कर्टिङमा डा. केसीलाई वीर अस्पताल लगियो

२०७४, २५ पुष मंगलवार १२:२८

पुस २५, काठमाडौं । बयानका लागि झण्डै ९ घण्टा सर्वोच्च अदालतमा राखिएका डा गोविन्द केसीलाई बेलुका साढे ५ बजे अदालतबाट बाहिर निकालिएको छ ।

बिहान पौने ९ बजे अदालत लगिएका डा केसीलाई बेलुका साढे ५ बजेको समयमा बाहिर निकालिएको हो । अगाअगाडि पछाडि प्रहरीको एस्कर्टिङ सहित प्रहरीको एम्बुलेन्समा राखेर डा केसीलाई वीर अस्पताल लगिएको हो । 

वीर अस्पतालमा स्वास्थ्य जाँच गरेर उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरवार लगिने प्रहरी स्रोतले बतायो । केसीलाई बाहिर निकाल्दा रामशाह पथको सडक खाली गरिएको थियो । 

अनसन स्थलबाट सोमवार राती पक्राउ गरिएका डा केसीलाई गएराती पनि सिंहदरवार बृत्तमै राखिएको थियो । मंगलवार अदालतमा बयान लिएपछि बुधवार अदालतको अबहेलना मुद्दामा बहस हुनेछ । 

डा केसीलाई बुधवार बिहान पुनः अदालतमा ल्याउन सर्वोच्च प्रशासनले प्रहरी भनेको छ । भोलि २६ गते अदालतमा उपस्थित गराउनेगरी फिर्ता पठाइएको सर्वोच्च अदालतका शाखा अधिकृत शैलेन्द्र खडकाले महानगरिय प्रहरी परिसरलाई लेखिएको पत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय