२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बाटो बनाउँदा पुरातात्विक संरचना भेटियो

२०७४, २६ पुष बुधबार ०३:४४

पुस २६, कपिलवस्तु । बाटो बनाउँदा बनाउँदै यहाँ ‘पुरातात्विक’ संरचना भेटिएको छ । 

जिल्लाको कपिलवस्तु नगरपालिका–३ सिद्धार्थटोलमा सोमबार बाटो बनाउने क्रममा ‘पुरातात्विक’ संरचना भेटिएको हो । सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्ने क्रममा इँटाले बनेको संरचना फेला परेका हुन् । 

फेला परेका इँटाका संरचना स्थानीयबासीको जग्गामा पाइएका हुन् । भेटिएका संरचना पुरातात्विक महत्वका हुनसक्ने अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका छन् । संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ । 

तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व विज्ञको टोलीले सो संरचनाको स्थलगत अनुगमन गरेको छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले आफूहरुले सिद्धार्थटोलमा भेटिएको संरचनाको निरीक्षण गरेको र हेर्दा पुरानो इँटा देखिए पनि विस्तृत कुरा अध्ययन गरेपछि मात्र थाहा हुने बताउनुभयो । 

उक्त स्थलको किनारमै प्राचीन कुवासमेत रहेको र केही वर्षअघि सो कुवामा प्राचीन वस्तु समेत भेटिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते