२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले तलब भत्ता पाएनन्

२०७४, २६ पुष बुधबार ०४:०३

पुस २६, जुम्ला (रासस) | यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । 

गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र खाएर घर व्यवहार चलाउँदै आएको तर यो वर्ष गाउँपालिकाले झण्डै फागुनतिर पाउने भनेपछि उनीहरु समस्यामा परेको कोइलीचरी मावि, लुमगाउँका शिक्षक मानबहादुर सिंहले बताउनुभयो । 

“सरकारले सात महिना अघि शिक्षकलाई निजामती कर्मचारीलाई झैँ मासिक तलब दिने कुरा अखबारमा आएको थियो, आखिर सात महिनापछि चौमासिक तलब खानसमेत पाउने अवस्था आएन,” दुखेसो गर्दै शिक्षक सिंहले भन्नुभयो । तलब खान नपाउँदा शिक्षकका आफ्ना आवश्यकता परिपूर्तिमा बिर्को लागेको उहाँको भनाइ छ । 

जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले विनियोजन विधेयकले एक तिहाइ खुवाउने भनेकाले शिक्षकलाई तलब खुवाउन समस्या भएको बताउनुभयो । “यो समस्या जिल्लाका आठै स्थानीय तहमा छ, चैतमा सोधभर्ना गर्नेगरी विभिन्न शीर्षकबाट मिलाएर अन्य स्थानीय तहले खुवाएको र कनकासुन्दरीले त्यसो नगरेको हुनसक्छ” जिशिअ श्रेष्ठले भन्नुभयो । 

सरकारले प्रेसरमा बजेट निर्माण गर्दा पनि यो समस्या आएको उहाँको भनाइ छ । उहाँका अनुसार स्थानीय तहको पहिलो अभ्यास र गाउँपालिका अनुसारका शिक्षकको सबै तहको तथ्यांक अध्यावधिक नभएकाले अहिले यो समस्या देखिए पनि आगामी वर्ष व्यवस्थित हुनेछन् । 

शिक्षकले प्रत्येक चौमासिकको तलब बेलैमा पाउन नसक्नुको कमजोरी गाउँपालिकाको नभई मन्त्रालय भएको सो गाउँपालिकाका स्रोत व्यक्ति नारायण चौलागाईंले औँल्याउनुभयो । स्रोत व्यक्ति चौलागाईंले भन्नुभयो, “यो गाउँपालिकाका जम्मा २६ विद्यालयका १०७ जना शिक्षक समस्या परेका छन् । 

पहिलो चौमासिकमा पनि रु ४१ लाख अपुग हुँदा मिलाएर खुवाइएको उहाँले बताउनुभयो । अहिले तलब खुवाउनै पर्दा रु एक करोड ८१ लाख आवश्यक बजेटमा रु ३१ लाख अपुग हुने उहाँको भनाइ छ । 

उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले शिक्षकको समस्यालाई बेलैमा सम्बोधन गर्न प्रयास भएको जनाउनुभयो । 

अपर्याप्त निकासाका कारण पहिलो चौमासिकसहित दोस्रो चौमासिकमा यही समस्या बल्झेको उहाँले बताउनुभयो । यो समस्याले केही समय लिने भएपनि समाधानका लागि प्रयासरत रहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित