2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाको सुवर्णावती गाउँपालिकाले थाल्यो फुसको छाना विस्थापन अभियान

पुस २७, रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिकाले पाँच वर्षभित्र सबै फुसका छाना विस्थापन गर्ने भएको छ । 

गाउँपालिकाको प्रथम सभाले पाँच वर्षभित्र गाउँपालिकालाई फुसको छानारहित गाउँपालिका बनाउने निर्णयसहित अभियानको थालनी गरेको बताइएको छ । 

विगतमा फुसको छाना भएका घर आगलागीको चपेटामा परेको हुँदा आगामी दिनमा सो समस्याबाट बच्नका लागिसमेत यस्तो अभियान चालिएको सुवर्णावती गाउँपालिका–४ का वडाध्यक्ष जेडबहादुर विष्टले जानकारी दिनुभयो । 

आगलागीको अत्यधिक सम्भावना हुने र दुई÷चार वर्षको अन्तरमा छाना परिवर्तन गरिरहनु पर्ने समस्याबाट मुक्त हुन गाउँपालिकाले यस्तो निर्णय गरेको विष्टले बताउनुभयो । 

गाउँपालिकाभित्र बसोबास गर्दै आएका गरिब र विपन्नका लागि टिनको पाता सहयोग गर्ने भन्दै चालु आवमा रु एक करोड विनियोजन भइसकेको गाउँपालिकाले वताएको छ । गरिबीका कारण टिनले घर छाउन नसक्नेका लागि प्रति घरधुरी रु ५० हजार मूल्य बराबरको कर्कट पाता सहयोग गर्ने भएको छ । 

बढ्दो सुख्खा खडेरीका कारण आगलागीको प्रकोप बढिरहेको हँुदा फुसको छाना आगलागीको अत्यधिक जोखिममा रहने भएकाले गाउँपालिकाभित्रका सबै फुसका घर विस्थापित गराउने निर्णय गरेका छाँै, सुवर्णावती गाउँपालिका–३ का वडाध्यक्ष गंज क्षेत्रीले भन्नुभयो । 

यस वर्ष गाउँपालिकाभित्र पर्ने आठवटै वडाका २०० घरधुरीलाई रु ५० हजारका दरले सहयोग गर्ने क्षेत्रीले जानकारी दिनुभयो । आफ्नो वडाका २५ गरिब घरधुरी छनोटका लागि आफैँ सर्वेक्षणमा गएर वास्तविक गरिब छनोट गरिने क्षेत्रीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ