१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीका अस्पतालहरुमा सिटामोलको समेत अभाव

२७ पुष २०७४, बिहीबार ०६:५९

पुस २७, सप्तरी, (रासस) । सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन् । 

स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पतालमा औषधि अभाव भएको गुनासो आएको छ । 

करिब ८० प्रकारका औषधि अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान रहे पनि हाल सिटामोल समेत नरहेको बुझिएको छ । 

वरदाही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रामनारायण मिश्रका अनुसार औषधिको पुरानो मौज्दात सकिएको र हाल थप औषधिको व्यवस्था नभएका कारण सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । उता जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि औषधि अभाव भएको त्यहाँका कर्मचारीले बताउँदै आएका छन् । 

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरी जिल्लाअन्तर्गत राजविराज नगरपालिकाभित्र रहेको सगरमाथा अञ्चल अस्पतालमा समेत औषधि र स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले बताउनुभयो । 

तीन सातादेखि चिसो हावा र शीतलहरका कारण सप्तरीमा निमोनिया, रुघाखोकी, कोल्ड डाइरिया, स्वासप्रश्वास, दमलगायतका बिरामीको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

तर उनीहरुको उपचारका लागि सप्तरीमा औषधि अभाव भएको छ । निःशुल्क औषधि नपाउँदा आर्थिक अभाव भएका व्यक्ति बाहिर गएर औषधि खरिद गर्न पनि कठिन भइरहेको र खरिद गर्न जाँदा खर्चिलो हुने गरेको स्थानीय अजयकुमार भगतले बताउनुभयो । 

हाल सप्तरी जिल्लामा अत्यधिक चिसोका कारण आधा दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन