२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

क्षमता विस्तार हुँदै नख्खु कारागार

२७ पुष २०७४, बिहीबार ०९:२१

 पुस २७,ललितपुर(रासस) | नख्खु कारागार विस्तार भएर एक हजारजना अट्ने क्षमताको हुने भएको छ । 


पहिले झण्डै ५०० क्षमताको कारागारमा अहिले ५०० क्षमता थप हुन लागेको कागारागर प्रमुख टेकबहादुर केसीले बताउनुभयो । पुरुष कैदी÷बन्दी राख्ने २५० क्षमताको एउटा ब्लक र अर्काे त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ । पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदी÷बन्दी बस्न थालिसकेका छन् । महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने उहाँले जानकारी गराउनुभयो । 

“ठेकेदारले ढिलाइ गरेकाले केही समय लम्बियो, अब असारसम्ममा यहाँ महिला कैदी सारिने छ,” कागारागर प्रमुख केसीले भन्नुभयो । 

पहिले यहाँ सामुदायिक पुनःस्थापना केन्द्र (सिआरसी) र लागू औषध पुनःस्थापना केन्द्र (डिआरसी) गरेर दुईवटा ब्लक भूकम्पका समयमा क्षतिग्रस्त भएकाले पुनः निर्माण भइरहेको हो । लामो समयसम्म पालमा बसेका दुईवटा ब्लकका कैदी÷बन्दी अस्थायी टहरामा बसिरहेका छन् । अस्थायी भनिने टहरा पनि पछिसम्म काममा आउने उल्लेख गर्दै कारागार प्रमुख केसीले भन्नुभयोे, “अस्थायी टहरा पनि कैदी÷बन्दी राख्न वा कार्यालयका अरू कामका लागि प्रयोग गर्न मिल्ने खालका छन् ।” कारागारमा कैदी÷बन्दीका लागि मनोसामाजिक उपचार केन्द समेत निर्माण भइरहेको छ । 

––– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम