२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दोस्रो छाउपडी गोठमुक्त गाउँ घोषणा गरिँदै

२०७४, २७ पुष बिहीबार १७:३७

दान बहादुर बुढा/पुस २७, मुगु । महिला हिंसाको मुख्य जराको रुपमा रहेको छाउपडी प्रथा उन्मुलनका लागि जिल्लामा दोस्रो गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गर्न लागिएको छ ।

सरकारी तथा गैर सरकारी कार्यालयको लामो प्रयास पछि छायानाथ रारा नगरपालिका वडा नम्बर ३ मा पर्ने माथी तुम गाउँलाई छाउपडी गोठ मुक्त गर्ने निर्णय गरिएको ३ नम्बर वडा कार्यालयका अध्यक्ष नरबहादुर रावलले जानकारी दिए । 


महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय छायानाथ रारा नगरपालिकाको समन्वय तथा हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरणमा तुम गाउँका ३६ घरधुरी घरको दोस्रो तलामा सुरक्षित कोठा बनाएर महिनावारी भएका छोरी बुहारी, किशोरीलाई बस्ने व्यवस्था गरेका र अहिले कुनै पनि घरमा महिनावारी भएका महिला गोठमा नबस्ने अवस्था देखिएकाले आउने माघ दुई गते यो गाउँलाई छाउपडी गोठ मुक्त गाउँ घोषणा गर्ने तयारी भई रहेको गोठमा बस्नुहुन्न रोग लाग्छ,हामी महिला असुरछित भईन्छ भन्ने कुरा महिला दिदी बहीनिमा आत्मबाट खुलेर आउनु प्रयो बजार बाट किनेर प्याड बजाउनको लागी आफ्नो हिरिसडेक सस्था आएर बनाउन सिकाउन्छै, हिरिसडेक मुगुका महिला मानव अधिकार कार्यक्रम अधिकृत सञ्जु तिमिल्सिनाले जानकारी दिईन । २०७१ सालमा मध्य पश्चिममा नै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठ मुक्त गाउँ घोषणा गरिएको थियो । 

अहिलेसम्म आई पुग्दा नगरपालिकाका अधिकाँश गाउँ वस्ति छाउगोठ मुक्तको तयारीमा रहेको तिमिल्सीनाको भनाई छ । 

 दोस्रो छाउपडी गोठ मुक्त तुम गाउँ अन्य गाउँ भन्दा स्वास्थ्य र सरसफाईको क्षेत्रमा निकै राम्रो देखिएको तथा महिनावारी भएका महिलालाई घरमा नै बस्ने सुरक्षित कोठाको व्यवस्था गरिएका छन हिरिसडेक सस्थाले सरसफाईका सामान दिएको छ ,पहिला छुई भएको बेला प्याट प्रयोग गरेका थिएनै हिजा आज बजार बाट प्याट किनेर ल्याएर प्रयोग गने गरेका छौ छुई वा पर सरेको समयमा पोषीले खाने कुरा खाने गरेका छौ भौसीको दुध,दही,ध्यू खाने गरेका छौ गाईको दुध,दही,ध्यू गाईलाई लक्ष्मी देवता मानेर छुई भएको समयमा नखाने गरेको सुरछीत छाउ गोठमा बसेकी हिरादेबी काकीले बताएकी छन ।


पहिले घरका महिला, छोरी बुहारी महिनावारी हुँदा घिऊ, दहि, दुध , मह नदिने , फलफुलका वोट छुदा पाप लाग्ने, गाई छुन नहुने , घरको जग छुँदा समेत देवी देउता रिसाएर अनिष्ट हुन्छ भन्ने गलत सोचका कारण घर भन्दा अलगै सात दिनसम्म बाहिर बसाल्ने स्थानीयवासीले अहिले महिनावारी हुँदा घर भित्रै राख्ने गरेको छ भने सरकारको कानुन अनुसार जानु पर्ने हुन्छ स्थानीय झाँक्रि ५६ वर्षका चन्द्रबहादुर रावलले बताए ।  

माथी तुम गाउँलाई  छाउपडी गोठ मुक्त गाउँ घोषणा गर्न सरकारी तथा गैर सरकारी निकायले महत्वपुर्ण भुमिका खेले जस्तै अव यो गाउँलाई पुर्ण साक्षर गाउँ घोषणा गर्ने अभियान तर्फ केन्द्रीत हुनु पर्ने देखीन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला