२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लवाई–खवाई र संस्कृति जोगाउन माघी मेला

२०७४, २७ पुष बिहीबार १७:५४

दलसिंह गिरी/पुस २७, सुर्खेत । प्रदेश नं. ६ को सम्भावित राजधानीको रुपमा रहेको वीरेन्द्रनगर सुर्खेतमा माघीको रौनक बढेको छ । 

मगर तथा थारु जातीहरुको एक प्रमुख चाँडको रुपमा रहेको माघी पर्ब मनाउन यहि २७ गते विहिबार देखि सुरु भएको माघी मेला संगै माघी पर्बको रौनक बढेको हो ।


मगर तथा थारु समुदायको कला, संस्कृती लवाई खवाई रितिरिवाजको जगेर्ना गर्ने उद्देश्यले माघी मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । तीन दिन सम्म संचालन हुने मेलामा लोक संस्कृति झल्काउने खालका सोरठी, कौडा, ठाडोभाखा, ख्याली, दोहोरी एकल नृत्य लगायतका सास्कृतिक कार्यक्रमहरु देखाईने छन् भने धनुषवाण, छेलो जस्ता प्रतियोगिता समेत देखाईने आयोजकले जनाएको छ । यस्तै मेलामा मगर तथा थारु समुदायमा खाईने खाना परिकार तथा लगाईने भेषभूषा परिकारहरुका स्टलहरु समेत राखिने जनाईएको छ । 


पहिलो दिन वीरेन्द्रनगरको मंगलगढीचोक बाट विशेष तामझामका साथ ¥याली सहित बजार परिक्रमा गरी सुरु भएको माघी मेलाको उद्घाटन नेपाल मगर संघ पूर्व केन्द्रीय बरिष्ठ उपाध्यक्ष एवं बर्तमान सांसद बसन्त घर्तीले गर्नु भएको छ । 

यहि पौष २९ गते सम्म संचालन हुने माघी मेलामा राष्ट्रिय कलाकारहरु तिला गरंजा मगर, निरु श्रीष मगर, मोडेल आरुशी मगर, सम्झना लामिछाने मगर लक्ष्मी राना मगर लगायतको सहभागिता रहेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते