२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

म्यादी आन्दोलनमा भत्किाएका संरचना तत्काल निर्माण गर्नु पर्नेमा जोड

२७ पुष २०७४, बिहीबार १७:५६

दलसिंह गिरी/पुस २७, कालीकोट । यहि गएको ७ गते म्यादी प्रहरी र प्रहरी विच भएको झडप नियन्त्रण बाहिर गई भत्किएका भौतिक संरचनाहरु तत्काल निर्माण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । 

म्यादी आन्दोलनमा भत्काईएका प्रहरी चेक पोष्ट लगायत अन्य भौतिक संरचना नपन्छाई जिल्ला सदरमुकाम नै कुरुप बनेको भन्दै सरोकारवालाहरुले तत्काल निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । 

विहीबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकमा सहभागीले प्रशासन र राजनीतिक दल, नागरिक समाजबीचको आपसी सद्भावका साथै जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रशासनसँग हातेमालो गरी अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् । बैठकमा आन्दोलनका क्रममा भत्काईएका भौतिक संरचना निर्माण गर्नुपर्ने निर्णय समेत गरेका छन् । 

जिल्ला समन्वय समितिका संयोजक अनीपाल शाही, खाँडाचक्र नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डे, लगायत जिल्लामा कृयाशिल राजनैतिकदल, नागरिक समाज उद्योगबाणिज्य संघ लगायतका सरोकारवालाहरु सम्मिलित बैठकमा यस्तो निर्णय भएको हो । 

निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलालका अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्लास्थित क्रियाशिल राजनीतिक दल, प्रशासन, नागरिक समाजको एक आपसमा समन्वय गरी अगाडी बढ्ने, आन्दोलनमा तोडफोड गरिएका प्रहरी चेक पोष्ट तथा अन्य संरचनाहरु तत्काल निर्माण गर्ने, ती संरचनाहरुको सुरक्षा र संरक्षण गर्न सवैले सहयोग गर्ने सामुहिक प्रतिबद्धता र भौगोलिक विकटता तथा अन्य आन्दोलनहरुमा सुरक्षा कायम गर्न सुरक्षाफौज थप गर्ने तथा सशस्त्र प्रहरी बल आवश्यकता महसुस गरी जिल्ला सुरक्षा समितिमार्फत माग गर्ने निर्णय गरिएको छ ।

यसैबीच म्यादी प्रहरीको आन्दोलनका क्रममा यही पुस ७ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका विवेक ऐडीका आफन्तहरुले छानविन समितिको प्रतिवेदनले तथ्यलाई तोडमोड गरिएको भन्दै विरोध जनाएका छन् । म्यादीको आन्दोलनमा विप्लवको घुसपेठ भई प्रहरी गोली हान्न बाध्य भएको भनी प्रतिवेदन ल्याएको भन्दै मृतक विबेक ऐडीका आफन्तले आफुहरुसंग भएका प्रतिबद्धता पूरा गर्न नसक्ने भन्दै आन्दोलन गर्नु पर्ने बताएका छन् ।

आफुहरुले घटनाको सत्य तथ्य छानविन, घटनाका दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतीपुर्तिसहित बिमा उपलब्ध गराउनु पर्ने माग राख्दै आएको भए पनि त्यसतर्फ सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाए ।

 कालिकोटका राजनीतिक दलहरुले पीडित परिवारको माग सम्बोधन गर्नका लागि आफुहरुले पहल भईरहेको बताएका छन् । 

निमित्त प्रमूख जिल्ला अधिकारीले यस बिषयमा गृह मन्त्रालयहरु कुनै जानकारी नगराएको बताउँदै पीडित पक्षको माग पुरा गराउन सबैले पहल गर्नु आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य