२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: खोलाको बगरमा एकजना पुरुष मृत अवस्थामा भेटिए

२०७४, २८ पुष शुक्रबार ०८:४४

 पुस २८  कपिलवस्तु,  यहाँ खोलाको बगरमा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् । 


दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी आज बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो । 

दाङ घरबाट दुई दिनअघिदेखि हराइरहेका चौधरी आज मृतावस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी यहाँको वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका भोलेबाबाले जानकारी दिनुभयो । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ । 

अत्यधिक मादकपदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव आजै परिवारको जिम्मा लगाइने बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते