१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: खोलाको बगरमा एकजना पुरुष मृत अवस्थामा भेटिए

२८ पुष २०७४, शुक्रबार ०८:४४

 पुस २८  कपिलवस्तु,  यहाँ खोलाको बगरमा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् । 


दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी आज बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिनुभयो । 

दाङ घरबाट दुई दिनअघिदेखि हराइरहेका चौधरी आज मृतावस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी यहाँको वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका भोलेबाबाले जानकारी दिनुभयो । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ । 

अत्यधिक मादकपदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव आजै परिवारको जिम्मा लगाइने बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो