२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: घरगोठ जल्दा रु दश लाखको क्षति

२०७४, २८ पुष शुक्रबार ०८:५९


 पुस २८ कपिलवस्तु,   यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ । 

यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्ँिकदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन् । 

साथै, चारवटा गाई–गोरुसमेत जलेर घाइते भएका छन् । विकको घर, गोठ र चौपाया जलेर नष्ट हँुदा रु पाँच लाख दुई हजारभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिनुभयो । 

यस्तै, शिवराज नगरपालिका–३, मधवाका रामप्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक फुसले छाएको गोठमा सल्ँिकदा फुसले छाएको दुईतले घर र गोठ जलेर नष्ट भएको छ । 

गोठमा भएका एक गोरु र पाँचवटा बाख्रा पनि जलेर मरेका छन् भने एक गाई जलेर घाइते भएको छ । आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा, चौपाया जलेर नष्ट हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 


दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते