१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तु: घरगोठ जल्दा रु दश लाखको क्षति

२८ पुष २०७४, शुक्रबार ०८:५९


 पुस २८ कपिलवस्तु,   यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ । 

यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्ँिकदा फुसले छाएको कच्ची गोठ, गोठमा रहेका १३ बाख्रा, एक गोरु, आठ कुखुरा जलेर नष्ट भएका छन् । 

साथै, चारवटा गाई–गोरुसमेत जलेर घाइते भएका छन् । विकको घर, गोठ र चौपाया जलेर नष्ट हँुदा रु पाँच लाख दुई हजारभन्दा बढीको क्षति भएको प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जानकारी दिनुभयो । 

यस्तै, शिवराज नगरपालिका–३, मधवाका रामप्रसाद विकको गोठमा दिउँसो आगो ताप्न बालेको आगो अचानक फुसले छाएको गोठमा सल्ँिकदा फुसले छाएको दुईतले घर र गोठ जलेर नष्ट भएको छ । 

गोठमा भएका एक गोरु र पाँचवटा बाख्रा पनि जलेर मरेका छन् भने एक गाई जलेर घाइते भएको छ । आगलागीबाट घरगोठ, अन्नपात, कत्ताकपडा, चौपाया जलेर नष्ट हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । 


दुवै स्थानको आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो