२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

माघे संक्रान्तिमा ३६ हल गोरु जुधाईने

२०७४, २९ पुष शनिबार ०३:४७

पुस २९, रसुवा । माघे संक्रान्तिको अवसरमा ३६ हल गोरु जुधाईने भएको छ । 

रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावतीमा १० हल, नुवाकोटको तारुकामा १८ हल र पञ्चकन्यामा ८ हल गरी ३६ हल गोरु जुधाउन लागिएको हो । 

नेपाल र तिब्बतबिच १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुशीयालीमा मेला सञ्चालन गर्न सुरु गरिए पनि २० वर्षयता नुवाकोटको विभिन्न स्थानमा व्यवस्थित रुपमा मेला सञ्चालन हुँदै आएको छ । 

२०५३ सालदेखि रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा, २०६२ सालदेखि तारुका र २०६९  सालदेखि नुवाकोटको पञ्चकन्यामा विभिन्न संस्था तथा क्लबले व्यवस्थित रुपमा गोरु जुधाई गरिँदै आएको छ । 

तीनवटै स्थानमा मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । तार्केश्वर गाउँपालिका–२ तारुकामा १८ हल गोरु जुधाउनका लागि माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थामा दर्ता भएको संस्थाका अध्यक्ष समरबहादुर आलेमगरले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सवारी साधन पार्किङ, खाना तथा बासको व्यवस्थापन र दर्शक बस्ने ठाउँको निर्माण गरिसकिएको छ । मेलामा सहभागी हुने विजेता गोरु धनीलाई ५ हजार रुपैयाँ र उपविजेतालाई  ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 

बेत्रावतीमा गोरु जुधाउनका लागि सम्पूर्ण तयारी सकिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले जानकारी दिनुभयो । यस्तै नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ पञ्चकन्यामा रहेको नवप्रतिभा युवा समूहले आयोजना गर्न लागेको गोरु जुधाईको लागि नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार बेलुकासम्ममा ८ हल गोरु दर्ता गराएको आयोजक समूहका अध्यक्ष शिवहरी विष्टले बताउनुभयो । 

गोरु जुधाई प्रतियोगितामा प्रथम हुने गोरुको धनीलाई १० हजार रुपैयाँ, दोश्रो हुनेलाई ७ हजार रुपैयाँ र तेश्रो हुनेलाई ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समूहले जनाएको छ । 

गोरु जुधाई मेलालाई लक्षित गरी माघ १ गते दैनिक ८ घण्टा बन्द हुँदै आएको गल्छी–देवीघाट सडकखण्ड बन्द नहुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले जनाएको छ । रासस


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते