१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तुवाँलोले मुगुको जनजीवन प्रभावित

२९ पुष २०७४, शनिबार ०९:१३

नन्द बहादुर रोकाया/पुस २९, मुगु । मुगुमा केही दिन देखि लागेको बाक्लो तुवाँलोले गर्दा मुगुको जनजीवन प्रभावित भएको छ । 

तुवाँललोले पुरै डाँडाकाँडा नै ढाकेपछि मुगुको जनजिवन प्रभाभित भएको हो ।  तुवाँलोले छपकै छोपेपछि मुगुका नागरिकमा श्वासप्रश्वासमा कठिनाइ हुने, आँखा हेर्दा पोल्ने जस्ता समस्या समेत हुने गरेकोे  र दिर्ग रोगी हरुलाई तुवाँलाले झनै असर गरेको स्थानीयले बताएका छन । 


तुवाँलो पहिलका बर्षमा लागेको भएपनी यो बर्ष जस्तो स्वास्थ्य लाई असर पर्ने गरी कहिल्यै तुवाँलो लागेको थाहा नपाएको र यो पटक त तुवाँलोले आँखा पोल्ने पीरो महसुस हुने गरेको स्थानीयको भनाई रहेको छ । 

तुवाँलोले सदरमुकाम गमगढी आसपास क्षेत्रका साथै हिमाली भेगमा पनि असर पारेको छ । मुगुमा  तुवाँलो बढ्दै गहेको र तुवाँलालेले मुगका नागरिकलाई प्रत्यक्ष असर पार्न थालेकाले मुगुका नागरिक लाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यलय मुगुले सबैमा आग्रह गरेको छ  । 

आज भोली चिसो संगै तुवाँलोले जिल्ला स्वास्थ्य कार्यलय लगायत स्वास्थ्य संस्थाहरुमा दैनिक तिन चार जना जति आँखाको समस्या लिएर बिरामीहरु पुग्ने गरेकाले सबैमा सचेत रहन अनुरोध गरीएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका सुचना अधिकारी बलीराज बुढाले बताउनुभयो । 

त्यसैले यस्तो बेला दिर्ग रोगी हरु दम,पिनास आँखाका बिरामी हरुले धेरै बाहिर नहिंड्न, बालबालिकालाई सकेसम्म घरमै राख्न तथा अरु सचेतताका उपाय अपनाउन र समस्या भए तुरुन्तै नजिकै रहेका स्वास्थ्य संस्था लगाय जिल्ला स्वास्थ्य कार्यलयमा आई उपचारा गराउन समेत आग्रह गरीएको सुचना अधिकारी बुढाको भनाई छ । 


यसै बिच मुगुमा जनचेतनाको अभावले वनजंगलमा  जथाभाबि आगो लगाउनले पनी यस्तो समस्या भएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँका मक्कर भामले बताउनुभयो । उहाँका अनुसार जगंलमा आगो लगाए नयाँ घांस पलाउने भन्दै स्थानीयले जगंलमा यो समयमा आगो लगाउने गर्नाले पनी तुवाँलो झनै बढ्दैगहेको र तुवाँलोले  नागरिकलाई प्रत्यक्ष असर पारेको भामको भनाई रहेको छ । 

वनजंगलमा आगो लगाउन हुदैन जब सम्म वन रहन्छ तब सम्म जिवन रहन्छ भन्ने कुरा स्थानीयमा थाहा हुदाँपनी स्थानीलले जंगलमा आगो लगाउन भने छोड्का छैनन,। बुझेर पनी बुझ पचाउने समाज  र सम्बन्धित निकायले कडा कार्वाहि गर्न नस्कदापनी दिन प्रतिदिन जथाभाबी जंगलमा आगो लगाउने घट्ना बढ्दै गहेका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ