१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

पोखरे ओखलढुंगाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा

२९ पुष २०७४, शनिबार ०९:३०

पूर्णप्रसाद न्यौपाने/पुस २९, ओखलढुंगा । ओखलढुंगाको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । 

साविकको पोखरे गाविस हालको चिशंखुगढी गाउँपालिका २ लाई शनिवार आज एक कार्यक्रमका बिच जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ सांसद यज्ञराज सुनुवारले पोखरेलाई पूर्ण सरसफाई वडा घोषणा गर्नुभएको हो । सरसफाई मानिसको दैनिक जीवनमा आवश्यक पर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने भन्दै सांसद सुनुवारले रोग लागेपछि उपचार खर्च गर्नुभन्दा सरसफाईमा लागानी गरेर स्वच्छ वातावरण निर्माणमा लाग्न आग्रह गर्नुभयो । 


सांसद सुनुवारले ओखलढुंगालाई केही समय भित्रै पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने उद्घोष गर्दै यो पवित्र अभियानमा जुट्न जिल्लाबासीलाई आवहन गर्नुभयो ।

वडा भित्रका सबै गाउँबस्ति र घरघरमा सरसफाईको सुचक पुरा भएको सुनिश्चित भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । 

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सरसफाईको अभियानलाई पालिका भित्रका अन्य वडामा समेत पारिएको उहाँको भनाई छ । कार्यक्रममा सहभागि जनप्रतिनिधि तथा स्थानीयहरुले पूर्ण सरसफाई तथा पूर्ण आनीबानी सहितको नमुना चिशंखुगढी निर्माण गर्नका लागि प्रतिवद्धता व्यक्त गरेका थिए । 

पालिका र वडा कार्यलयको समन्वय तथा सरकारी तथा गैरसरकारी निकायको सहयोगमा चिशंखुगढीका सबै क्षेत्रमा सरसफाई सम्बन्धि सचेतनाका कार्यक्रम समेत सञ्चालनमा रहेको चिशंखुगढीका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।

आफ्नो गाउँलाई सरसफाई उन्मुख वडा घोषणा गरिएको अवसर पारेर स्थानीयले नाचगान गरेर खुसीयाली बनाएको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ