४ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा: प्लस टु पास गरेका पुन सफल हेयर कटिङ व्यवसायी

३० पुष २०७४, आईतवार ०५:०३

मनिषा राई/पुस ३० रोल्पा । नेपालमा पढेर योग्यता प्राप्त गरेकाले जागिर नै गर्नुपर्दछ भन्ने धारणा आम मानिसमा छ तर रोल्पा नगरपालिका–७ कोर्चाबाङ तल्लो घापा निबासी आश कुमार पुनमगरले भने प्लस टु पास गरेर पनि सफल हेयर कटिङ व्यवासयी बन्नुभएको छ ।

मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पाको एकीकृत परियोजनाबाट दुई महिना हेयर कटिङ तालिम लिएर २०७३ साल माघ ३ गते बाट रोल्पा नगरपालिका २ सात्तालेमा आशिका बार्बर हेयर कटिङ सन्चलन गरेको सञ्चालक आशकुमार पुनमगरले बताउनुभयो ।

सुरु–सुरुमा नयाँ व्यवसायी भएकाले पनि ग्राहक नआउँदा गाह्रो भएको तर व्यवसाय पुरानो हुँदै गर्दा ग्राहक बढ्दै जाँदो आम्दानी पनि राम्रो भएको उहाको भनाई छ । पुनले एक जनाको कपाल काटे बाफत रु ५० रुपैया लिनु हुन्छ ।

दैनिक रु ५ सयदेखि १ हजार ५ सयसम्म कुल आम्दानी गर्ने पुनले मासिक रुपमा ३० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही व्यवसायिबाट आफु अनि आफ्ना भाइ बहिनीलाई उच्च शिक्षा अध्यायनमा आर्थिक सहयोग पुगेको व्यवस्थापक पुनमगरले बताउनुभयो ।


अङ्गे्रजी विषयमा प्लस टु पास गरेर हेयर कटिङ व्यवसायी सञ्चालन गर्दा गौरव नै भएको महशुस गर्नुहुन्छ पुन । शिक्षा हासिल गरेर जागिर नै गर्नुपर्छ भन्ने कुरामा पुनको सहमत छैन । 

शिक्षा वौद्धिक क्षमताको विकाससँगै व्यवहारिक पक्षमा सुँधार गर्ने आधार हो र शिक्षा हासिलबाट व्यवसायी सञ्चालन गर्दा व्यवस्थापकीयमा पनि सहजता आउने पुनको तर्क छ । न्यून लगानीमा आफ्नै ठाउँमा व्यवसायी सञ्चालन गरेका युवाहरुलाई व्यवसाय प्रर्वद्वनको निम्ति न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारी निकायको ध्यान पु¥याउनु पर्ने  उहाको धारणा छ ।

नेपालमा केहि काम गर्न लाज मानेर बिदेशिने प्लानमा भएका युवाहरुलाई काम ठुलो सानो नहुने भएकाले आफनै देशमा आफनै मातृभुमिमा पसिना बगाउन समेत उहाले सुझाव दिनुभयो ।

व्यवसाय संगै रोकिएको पढाई पुरा गर्न पुनले अहिले प्लस टु पास गरी स्नातक तहको अध्यायनलाई निरन्तरता दिनुभएको छ । योग्यता अनुसार मेहनत गर्दै जाँदा कुनै समयमा राम्रो अवसर प्राप्त पनि गर्न सकिन्छ भन्ने उहाको बुझाई छ ।

आफना साथीहरुले प्लस टु पास गरेर पनि हेयर कटिङ व्यवासय सञ्चालन गर्ने भनेर प्रश्न गरेको बताउदै उहाले बिदेश गएर अर्काको देशमा अरुको अडानमा रहेर पसिना खेर फाल्नुभन्दा आफनै व्यवसायबाट सन्टुष्ट मिलेको जवाफ दिनुहुन्छ । उक्त व्यवसायिबाट नै जीवन निर्वाह गर्ने आधार भएको पुनको बुझाई छ ।

पुनमगरको भनाई अनुसार जीवनको दीर्घकालीन आर्थाेपाजनको आधार भनेको व्यवसायी नै हो । ‘‘वर्तमान समयमा पढेर व्यवसायी भन्दा पनि जागिर नै गर्नुपर्दछ भन्ने धेरैको धारणा छ । तर जागिर गर्नको निम्ति  मेहनतसँग अध्ययन गरे पनि राजनीतिक, कर्मचारीमा पहुँच भएकाले मात्र जागिरको अवसर पाउँछन् ।’’  पुनले भन्नुभयो ।

पुन अहिले प्लस टु पास गरेर सरकारी तथा गैर सरकारी संघ संस्थामा जागिर गर्नुतिर समयमा खर्चनुभन्दा पनि आफनो व्यवसायलाई थप प्रभावकारी बनाउनेमा तल्लीन हुनुहुन्छ ।

सुरु सुरुमा प्लस टु पास गरेका पुनमगर जागिरको खोजीमा धेरै समय खर्चनुभएको थियो । तर उहालाई कतैबाट केहि नलागेपछि निःशुल्क हेयर कटिङ तालिम लिएर अन्तिममा हेयर कटिङ व्यवसायिक बन्नुभयो ।

‘‘पढेर योग्यता प्राप्त गरी सकेपछि जागिरभन्दा पनि आफ्नो ठाउँमा व्यवसायिको पहिचानबाट सोही अनुरुपको व्यवसायी सञ्चालन गरे नेपालमा वेरोजगारीको सङ्ख्या आफै न्यून हुनेछ’’ पुनले भन्नुभयो ‘‘नेपालमा वेरोजगारी भएर दैनिक रोजगारीको निम्ति विदिशेनीको सङ्ख्या समेत न्यून हुन्छ । ’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ बुढीगण्डकी किनारमा एक वृद्धको शव फेला क्यानडा र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको… बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज ‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ? पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली, एक युवक गम्भीर घाइते  च्याउ खाँदा बिरामी परेका १० मध्ये एकको मृत्यु, एक गम्भीर नयाँ सरकार गठन हुने भ्रममा पर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे दुगडका कम्पनीले कर नतिरेको सूचना निकालेकै दिन ओलीविरुद्ध रावलका ५ आरोप फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ