Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा: प्लस टु पास गरेका पुन सफल हेयर कटिङ व्यवसायी

२०७४, ३० पुष आईतवार ०५:०३

मनिषा राई/पुस ३० रोल्पा । नेपालमा पढेर योग्यता प्राप्त गरेकाले जागिर नै गर्नुपर्दछ भन्ने धारणा आम मानिसमा छ तर रोल्पा नगरपालिका–७ कोर्चाबाङ तल्लो घापा निबासी आश कुमार पुनमगरले भने प्लस टु पास गरेर पनि सफल हेयर कटिङ व्यवासयी बन्नुभएको छ ।

मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पाको एकीकृत परियोजनाबाट दुई महिना हेयर कटिङ तालिम लिएर २०७३ साल माघ ३ गते बाट रोल्पा नगरपालिका २ सात्तालेमा आशिका बार्बर हेयर कटिङ सन्चलन गरेको सञ्चालक आशकुमार पुनमगरले बताउनुभयो ।

सुरु–सुरुमा नयाँ व्यवसायी भएकाले पनि ग्राहक नआउँदा गाह्रो भएको तर व्यवसाय पुरानो हुँदै गर्दा ग्राहक बढ्दै जाँदो आम्दानी पनि राम्रो भएको उहाको भनाई छ । पुनले एक जनाको कपाल काटे बाफत रु ५० रुपैया लिनु हुन्छ ।

दैनिक रु ५ सयदेखि १ हजार ५ सयसम्म कुल आम्दानी गर्ने पुनले मासिक रुपमा ३० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही व्यवसायिबाट आफु अनि आफ्ना भाइ बहिनीलाई उच्च शिक्षा अध्यायनमा आर्थिक सहयोग पुगेको व्यवस्थापक पुनमगरले बताउनुभयो ।


अङ्गे्रजी विषयमा प्लस टु पास गरेर हेयर कटिङ व्यवसायी सञ्चालन गर्दा गौरव नै भएको महशुस गर्नुहुन्छ पुन । शिक्षा हासिल गरेर जागिर नै गर्नुपर्छ भन्ने कुरामा पुनको सहमत छैन । 

शिक्षा वौद्धिक क्षमताको विकाससँगै व्यवहारिक पक्षमा सुँधार गर्ने आधार हो र शिक्षा हासिलबाट व्यवसायी सञ्चालन गर्दा व्यवस्थापकीयमा पनि सहजता आउने पुनको तर्क छ । न्यून लगानीमा आफ्नै ठाउँमा व्यवसायी सञ्चालन गरेका युवाहरुलाई व्यवसाय प्रर्वद्वनको निम्ति न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारी निकायको ध्यान पु¥याउनु पर्ने  उहाको धारणा छ ।

नेपालमा केहि काम गर्न लाज मानेर बिदेशिने प्लानमा भएका युवाहरुलाई काम ठुलो सानो नहुने भएकाले आफनै देशमा आफनै मातृभुमिमा पसिना बगाउन समेत उहाले सुझाव दिनुभयो ।

व्यवसाय संगै रोकिएको पढाई पुरा गर्न पुनले अहिले प्लस टु पास गरी स्नातक तहको अध्यायनलाई निरन्तरता दिनुभएको छ । योग्यता अनुसार मेहनत गर्दै जाँदा कुनै समयमा राम्रो अवसर प्राप्त पनि गर्न सकिन्छ भन्ने उहाको बुझाई छ ।

आफना साथीहरुले प्लस टु पास गरेर पनि हेयर कटिङ व्यवासय सञ्चालन गर्ने भनेर प्रश्न गरेको बताउदै उहाले बिदेश गएर अर्काको देशमा अरुको अडानमा रहेर पसिना खेर फाल्नुभन्दा आफनै व्यवसायबाट सन्टुष्ट मिलेको जवाफ दिनुहुन्छ । उक्त व्यवसायिबाट नै जीवन निर्वाह गर्ने आधार भएको पुनको बुझाई छ ।

पुनमगरको भनाई अनुसार जीवनको दीर्घकालीन आर्थाेपाजनको आधार भनेको व्यवसायी नै हो । ‘‘वर्तमान समयमा पढेर व्यवसायी भन्दा पनि जागिर नै गर्नुपर्दछ भन्ने धेरैको धारणा छ । तर जागिर गर्नको निम्ति  मेहनतसँग अध्ययन गरे पनि राजनीतिक, कर्मचारीमा पहुँच भएकाले मात्र जागिरको अवसर पाउँछन् ।’’  पुनले भन्नुभयो ।

पुन अहिले प्लस टु पास गरेर सरकारी तथा गैर सरकारी संघ संस्थामा जागिर गर्नुतिर समयमा खर्चनुभन्दा पनि आफनो व्यवसायलाई थप प्रभावकारी बनाउनेमा तल्लीन हुनुहुन्छ ।

सुरु सुरुमा प्लस टु पास गरेका पुनमगर जागिरको खोजीमा धेरै समय खर्चनुभएको थियो । तर उहालाई कतैबाट केहि नलागेपछि निःशुल्क हेयर कटिङ तालिम लिएर अन्तिममा हेयर कटिङ व्यवसायिक बन्नुभयो ।

‘‘पढेर योग्यता प्राप्त गरी सकेपछि जागिरभन्दा पनि आफ्नो ठाउँमा व्यवसायिको पहिचानबाट सोही अनुरुपको व्यवसायी सञ्चालन गरे नेपालमा वेरोजगारीको सङ्ख्या आफै न्यून हुनेछ’’ पुनले भन्नुभयो ‘‘नेपालमा वेरोजगारी भएर दैनिक रोजगारीको निम्ति विदिशेनीको सङ्ख्या समेत न्यून हुन्छ । ’’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ