2026-09-28 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा जेई खोप अभियान चलाइने

प्रकाश धौलाकोटी/ बैशाख १४, तेह्रथुम । जिल्लामा एक वर्षदेखि पन्ध्र वर्ष मुनिका बालबालिकालाई जापानिज ईन्सेफलाइटिस् (जेई) विरुद्धको खोप दिन अभियान सन्चालन हुने भएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनका कारण मध्यपहाडी र पहाडी क्षेत्रमासमेत जापानी इन्सिफलाइटिसको प्रकोप देखिन थालेपछि सरकारले यो वर्षबाट यस रोग विरुद्धको खोप लगाउने अभियान सन्चालन गर्न थालकोे जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ ।

कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै खोप अधिकृत जगन्नाथ दंगालले सरकारी लक्ष्य अनुरुप तेह्रथुम जिल्लामा पनि जेई खोप अभियान सन्चालन हुन लागेको जानकारी दिनुभयो । दंगालका अनुसार तेह्रथुमका दुई नगरपालिका र २१ वटै गाविसमा खोप अभियान अन्तर्गत खोप केन्द्रहरुमा खोप दिइने छ ।

जसअनुसार कार्यालयले जिल्लाका म्याङलुङ र लालीगुराँस नगरपालिकासहित आङिदम, हमरजुङ, सुदाप, ओख्रे, फाक्चामारा र पन्चकन्या गाविसमा बैशाख २६ देखि ३० गतेसम्म र बाँकी रहेका मोराहाङ, श्रीजुङ, पौठाक, ओयाक्जुङ, जलजले, सिम्ले, ईसिुव, सम्दु, खाम्लालुङ, ईवा, ह्वाकु, छातेढुंगा, चुहानडाँडा र थोक्लुङ गाविसमा जेठ ९ देखि १३ गतेसम्म खोप अभियान सन्चालन हुने अधिकृत दंगालले जानकारी दिनुभयो ।

एक वर्षदेखि माथि र १५ वर्षमुनिको उमेर समुहका जो कोहीले लगायउनुपर्ने र यो खोप आफ्नो वडाको नजिकको खोप केन्द्रमा गएर लगाउत समेत उहाँले आग्रह गर्नुभएको छ । यो वर्ष पहिलो पटक जिल्लामा अभियानकै रुपमा सन्चालन गरिएको जेई खोप आगामी वर्षबाट नियमित खोपको रुपमा दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह