२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सामुदायिक पदमार्गमा पर्यटक बढे

३० पुष २०७४, आईतवार ११:५७


सन्तोष गौतम | पुस ३० म्याग्दी |  म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ । 

उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या बढेको हो । 

सन् २०१६ मा ८९४ जनाले भ्रमण गरेको यो पदमार्गमा सन् २०१७ मा भ्रमणमा आउने पर्यटकको संख्या एक हजारजना पुगेको पदमार्गका संयोजक चित्र तिलिजा पुनले जानकारी दिनुभयो । सन् २०१५ मा ४७५ र २०१६ मा ८९४ जना पर्यटक भ्रमणका लागि आएका थिए । 

छ वर्षअघि स्थानीयवासीको सक्रियतामा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । गाउँको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धनका साथै सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पदमार्ग सञ्चालन गरिएको थियोे । 

स्वीजरल्याण्ड, स्पेन, फ्रान्स, कोस्टारीका, अमेरिका, डेनमार्क, नर्वे, ब्राजिल, जर्मन, क्यानडा, बेलायत, अस्टे«लिया, जापान, रसिया, हल्याण्ड, इङ्ल्याण्ड, भारत, इटली, इजरायल र स्कटल्याण्डका पर्यटक यो पदमार्ग भ्रमणमा आएका छन् । 

मनोरम ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खलाको अवलोकन, एकान्त तथा शान्त स्थल भएकाले प्रकृति प्रेमी पर्यटकले यो पदमार्गलाई रुचाएका हुन् । म्याग्दीको घुमाउनेतालबाट पाँचदेखि सात दिनमा भ्रमण गर्न सकिने यस पदमार्गले पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नाँगी, मोहरेडाँडा, डाँडाखर्क, हिस्तानको टिकोट र घारको खिवाङ गाउँलाई समेटेको छ । 

पदमार्गअन्तर्गत बाँसखर्क, हिस्तानको टिकोट र खिवाङमा २० जना क्षमताको होमस्टे सञ्चालन भएको छ । बाँसखर्क, डाँडाकटेरी, टिकोट, खिवाङमा डाइनिङ हल तथा नागी र मोहरेडाँडामा सामुदायिक लज सञ्चालन भएको छ । 

सामुदायिक लजबाट भएको आम्दानी प्रभावित बस्तीको शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा खर्च हुने गरेको छ । यो पदमार्ग भ्रमणका लागि प्रतिदिन एकजनाका लागि दुई हजारदेखि रु दुई हजार ५०० खर्च आवश्यक पर्छ । 

पर्यटकको आगमन बढेपछि नांगी र मोहरेडाँडामा रहेको सामुदायिक लजको क्षमता बढाउने तयारी भए पनि आर्थिक स्रोतको अभाव भएको पदमार्ग सञ्चालक समितिका रमन पुनले बताउनुभयो । सो ठाउँमा हाल २० जना क्षमताको सामुदायिक लज सञ्चालनमा छ । अनुकुल याममा क्षमताभन्दा बढी पर्यटक आउन थालेपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको छ । 

नर्जा खोलाको झरना ओझेलमा 

प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा रहेको नर्जा खोलाको झरना अझै ओझेलमा परेको छ । 

भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीका कारण मनमोहक र आकर्षक सो झरना ओझेलमा परेको हो । गुरिल्ला पदमार्ग र ढोरपाटन शिकार आरक्षमा जाने बाटोमा पर्ने उक्त झरनाको व्यवस्थापन हुन सकेको छैन । 

लुलाङको प्रवेशद्वार मानिने पहाडको फेदीमा अवस्थित उक्त झरनाकोे फेदीमा तलाउसमेत छ । करिब १०० मिटर माथिबाट छङ्छङाउँदै झर्ने झरनाको दृष्यले मोहित बनाउने लुलाङ खोरियाका नन्दु पुनले बताउनुभयो । 

झरनाको सौन्दर्यको बारेमा प्रचारप्रसार र व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । बर्खायाममा इन्द्रेणी लाग्दा झरना अझै आकर्षक देखिन्छ । मुना हुँदै लुलाङ जाने बाटोमा पर्ने उक्त झरना नजिकै झोलुङ्गे पुल पनि छ । 

लुलाङका वडाध्यक्ष गमबहादुर विश्वकर्माले नर्जा झरना लुलाङको गहना भएको बताउनुभयो । झरनामा पूर्वाधार विकास, व्यवस्थित र प्रचारप्रसार गरेर पर्यटक आकर्षित गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो । झरना नजिकै विश्रामस्थल र घेराबार गर्नुपर्ने भएको छ । (रासस)

। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा