३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दश लाखको लगानीमा सार्वजनिक शौचालय निमार्ण सम्पन्न

२९ आश्विन २०७२, शुक्रबार ०६:२१

toilet

सन्तोषकुमार गुप्ता, असोज २९, भालुवाङ्ग । दाङ्ग र कपिलबस्तु जिल्लाको सिमाना अन्र्तगत गोबरडिहा—१ धानखोला बजारमा हालै निर्माण गरिएको सार्वजनिक शौचालयको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

toilet1

राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको अगुवाईमा १० लाखको लगानीमा निर्माण गरिएको उक्त सार्वजनिक शौचालयको उद्घाटन संगै प्रयोगमा आए पछि पूर्व पश्चिम भएर आवत जावत गर्ने सवारी साधनका यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ ।

toilet2

राप्ती उद्योग वाणिज्य संघको ६१ ह्जार १ सय ३०, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ्गको ७ लाख ४९ हजार, बहुसरोकारवाला वन कार्यक्रम रुपान्तरण नेपालको ६० हजार, कालीखोला सामुदायिक वन उपभोक्ता समूह धानखोलाको नगद १० हजारको लगानी तथा सोही वनको २८ क्यूफुट काठ सहयोग र १ लाख ९८ हजारको स्थानिय जनश्रमदान गरी कुल १० लाख ७८ हजार १ सय ३० रुपैयाँको लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको संघका अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए । शौचालयको उद्घाटन पछि प्रयोगमा पछि दैनिक २ सय बढी यात्रुहरु सेवा लिने बताईएको छ ।

toilet3
सार्वजनिक शौचालय निर्माण समितीका अध्यक्ष गुणाबहादुर पण्डितको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्य तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर ढिसीको बिशिष्ठ आतिथ्यमा शौचालयको उद्घाटन गरिएको हो ।

संघकी महिला सदस्य बृहस्पति श्रेष्ठको स्वागत मन्तव्य तथा निर्माण समिती सदस्य ज्ञानबहादुर दर्लामीको बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा संघका कोषाध्यक्ष युबराज भुसाल र कार्यालय सचिव सन्तोषकुमार योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कालीखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लक्ष्मण घर्तीमगर र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव प्रेमबहादुर केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट