२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आदर्श उच्च माविको अभिभावक भेला सम्पन्न

२०७२, ३० आश्विन शनिबार १३:१९

aadarsha1

सन्तोषकुमार गुप्ता । असोज ३०, भालुवाङ्ग । देउखुरीको आदर्श उच्च माध्यमिक विद्यालय लालमटियाको १८ औँ अभिभावक भेला शुक्रबार विद्यालयको प्रगाणमा सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका संयोजक शिवबहादुर कडेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका देउखुरी क्षेत्रका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा विद्यालयका प्राचार्य दामोदर पाण्डेले शैक्षिक सत्र २०७०÷०७१ को १ करोड ५४ लाख ८१ हजार ९ सय ४२ रुपैयाँ ३२ पैसा सहितको शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्लस टु संयोजक श्रीकृष्ण शर्मा, विज्ञान संकाय संयोजक बिष्णु पोख्रेल, अँग्रेजी माध्यम शिक्षण संयोजक किरण पोख्रेल र विद्यालयको शैक्षिक गुणस्तर अवस्था तथा व्यवस्था शिक्षक जीवराज शर्माले शैक्षिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

aadarsha2

शिक्षक अभिभावक संघकी सदस्य तथा शिक्षिका कृष्णा शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तरिय प्रदान गर्न शिक्षक, अभिभावक तथा स्वयम् विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने बताएका थिए । उनीहरुले विद्यालयलाई शान्ति क्षेत्र बनाउन कुनै पनि बन्दहड्तालमा निर्वाध रुपमा विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन सबै पक्ष गम्भीर हुनु पर्नेमा समेत जोड दिएका थिए । भेलामा लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लब अधिकारी, लालमटिया स्रोत केन्द्रकै निवर्तमान स्रोत व्यक्ति रामप्रसाद जैसी, नेपाली काँग्रेसका नुमानन्द सुवेदी, नेकपा एमालेका शोभाकर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरी, पत्रकारद्धय विदुर एमसी र कमल गिरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका दया भण्डारीले गरेकी थिईन् । भेलाले अगामी ३ बर्षे कार्यकालका कुष्णप्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिती सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरुमा गुरुप्रसाद ज्ञवाली, छमा गैरे, जोहरमान मियाँ, सदस्य सचिवमा प्राचार्य दामोदर पाण्डे रहेका छन् । बाँकी चार सदस्य शिक्षा निमावली बमोजिम समितीको पहिलो बैठकले मनोनयन गरिने बताईएको छ । त्यस्तै भेलाले निर्वतमान विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बुद्धिराम चौधरीको संयोजकत्वमा ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ समेत सर्वसम्मत चयन गरेको छ ।

aadarsha4

aadarsha3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने