2026-09-14 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

माघीमा रम्दैछन् दाङका थारुबस्ती

माघ १, दाङ । युवती घर लिपपोतमा व्यस्त छन्, पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । 

भाडाकुँडा सबै सफा गरिएका छन् । यो दृश्य यहाँका प्रायः सबै थारु बस्तीमा देखिएको छ । थारुगाउँमा थारु समुदायका महिला तथा पुरुष आआफ्नै काममा व्यस्त देखिन्थे । 

पुरुष सुँगुरको मासु कति काट्नेदेखि लिएर अन्य काममा व्यस्त देखिन्थे भने महिला रोटी पकाउनेदेखि लिएर दुनाटपरी खुट्नमै व्यस्त थिए । दिनभर माछा मार्नेलगायतका काममा थारु समुदायका मानिस माघीको तयारी गर्दै थिए । माघीको अघिल्लो दिन सुँगुरको मासु काट्ने, रोटी पकाउनेलगायतका काम तयारीस्वरुप हुने तुलसीपुर उपमहानगरपालिका–६ का ज्ञानसिंह चौधरीले बताउनुभयो ।

उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुनाटपरी बनाउन लागेको समेत बताएका थिए । आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी बुझौनी चौधरीले भन्नुभयो “माघीका लागि खानाखान प्रयोग गर्नका लागि दुनाटपरी बनाउँदै गरेकी हुँ । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खाना खानका लागि धेरै चहिन्छ त्यसैले बनाउन लागेको हो ।”

तुलसीपुर–६ को रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य स्थानका थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवी मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउन मै व्यस्त हुनुहुन्थ्यो आइतबार । आफ्ना बुहारीसँगै बसेर दुनाटपरी बनाउन मै व्यस्त मनराखी माघीमा खानको लागि मालुको पातको दुनाटपरी बनाउन  मै व्यस्त हुनुहुन्थ्यो । मालुको पातका दुई किसिमका दुनाटपरी बनाउँदै गर्नुभएकी मनराखीले ठूलो दुना जाँड खानको लागि र सानो टपरी सुँगुरको मासु खानको लागि बनाउन लागेको बताउनुभयो ।

करिब पाँच दिन अगाडिदेखि आफूहरु परिकार बनाउनका लागि लागिपरेको तुलसीपुर उपमहानगरपालिका–१२ नयाँ बस्तीका शारदा चौधरी बताउनुहुन्छ । एक महिना अगाडिदेखि नै पातका लागि वन जाने, दाउराका लागि वनमा जाने गरेको भए पनि परिकारका लागि पुस २५ गतेदेखि आफूहरु लागिपरेको उहाँको भनाइ छ ।

माघीको लागि अचार बनाउँदै गर्नुभएकी शारदाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिक्री माघ १ गते बनाउने

भए पनि अन्य रोटीलगायत अचार बनाउने काम गरिरहेको बताउनुभो । सबै परिकार आफूले तयार गरिसकेको, शुक्रबार र शनिबार माछा मार्ने काम गरेको चौधरी बताउहुन्छ ।

माघ १ गते बिहानमा ढिक्री बनाउने चलन रहेको र माघ १ गते सबै जम्मा भएर खाने रमाउने गर्ने चलन रहेको उहाँको भनाइ छ । “सबै परिकार बनाइसके अब माघ १ गते बिहानमा ढिक्री बनाउने हो” उहाँले भन्नुभयो– “माघीमा सबैजम्मा हुने रमाउने यही त हो नि ।” माघमा ढिक्री बनाउने चलन रहेको भए पनि माघको १ गते बनाउने गरिन्छ । यस्तै माघीमा माछा मार्ने चलन पनि रहेको छ ।

माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु माछा मार्नको लागि बबई नदीमा आएको बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ की लीला चौधरीले भन्नुभयो “माछा मार्नका लागि गाउँमा युवायुवती जम्मा यहाँ आएका हौँ ।” “माघीमा माछा मार्ने प्रचलन रहेको छ” रमाइलो हुन्छ माछा मार्न उहाँले भन्नुभयो ।

माघीलाई थारुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको एक परिकार०, माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आइ दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन पनि रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ