३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

‘सुन्दर शान्त नेपाल’ परियोजना कपिलवस्तुमा लागु

१ माघ २०७४, सोमबार ०४:३३

आभास पौडेल/माघ १, कपिलवस्तु । कपिलवस्तु क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सस्था मधेस मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तुमा सुन्दर शान्त नेपाल नामक परियोजना सञ्चालन सुरु गरेको छ ।

इन्टरनेशनल अलर्टको अर्थोक तथा प्राविधिक सहयोग र माहुरी होम कपिलवस्तुको सञ्चालनमा कपिलवस्तुको शुद्दोधन गाउँपालिकामा परियोजना सञ्चालन गरिने कार्यक्रम संयोजक वसन्त बन्जाडेले जानकारी दिनु भयो।

स्थानीय स्तरमा भएका विवाद, तनाव, बेमेल तथा असुरक्षाहरूलार्इ पहिचान गरी सोही क्षेत्रबाट शान्तिकर्ता छनोट गरी द्धन्दलाई न्यूनिकरण गर्न विभिन्न क्षमता अभिवृद्धि तालिम, अभिमुखिकरण, बैठक लगायतका माध्यमबाट व्यवस्थापन गर्ने प्रयास बताउनु भयो।

दिगो शान्ति निर्माणका लागी द्धन्द्ध संम्वेदनशिलता आधारित कार्यशाला गोष्ठी गर्ने र कलष्टरस्तरीय सिकाई आदान प्रदान तथा अवलोकन भ्रमणको साथै सार्वजनिक अन्तरक्रिया गर्ने उद्देश्यले माहुरी होमले कपिलवस्तु र रुपन्देहीमा यो परियोजना लागु गरेको ईन्टरनेशनल अलर्टका संयोजक शोभा चौधरीले बताउनु भयो । 

उहाँले शुद्दोधन गाउँपालिकामा गरिएको बृहत् अध्यान पछि यो परियोजना कपिलवस्तुमा कार्यान्वयनमा ल्याउन लागिएको बताउनु भयो ।

माहुरी होमका महासचिव माया ज्ञवालीले परियोजनाले यस क्षेत्रमा रहेका द्धन्द्धहरु न्यूनिकरणको साथै दक्ष शान्तिकर्ता तथा अधिकारकर्मी उत्पादन गर्ने लक्ष्य रहेको बताउनु भयो । 

उहाँले परियोजना पछि पनि माहुरी होमले अधिकारकर्मिहरुलाई सक्रिय गराई राख्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन