३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सर्वहित सहकारीको साधारणसभा सम्पन्न

८ कार्तिक २०७२, आईतवार ११:००

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया ६ मौरीघाटको तेस्रो वार्षिक साधारण सभा शनिवार मौरीघाटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दयाराम चौधरीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा ऋण केन्द्रिय महासंघ नेपालकी लेखा समिति सदस्य हुमा डिसीको विशिष्ट आतिथ्यतामा भएको सभामा सम्पन्न भएको हो ।

सभामा संस्थाका सचिव जागेन्द्र चौधरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजेन्द्र थारु चौधरीले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक शिउकुमार चौधरीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सञ्चारको क्षेत्रमा रही महत्वपुर्ण योगदान पु¥याएको भन्दै सञ्चारकर्मी ओमप्रकाश गुप्ता सहित ७ जना व्यक्तित्वहरु सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा असल सञ्चालक संस्थाका अध्यक्ष दयाराम चौधरी, जेष्ठ नागरिक विन्दु चौधरी, असल कर्मचारी प्रभा चौधरी, असल बचत कर्ता कृष्णगोपाल चौधरी, असल ऋणी सुसिल चौधरी र असल बाल बचतकर्ताहरु सुदिप चौधरी, सुदन चौधरीलाई प्रमुख अतिथिले सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मान गर्नु भएको थियो भने

कार्यक्रममा ४ ओटा बाल समुहहरु लाई ३÷३ थान गुन्द्रो र १÷१ पिस क्याल्कुलेटर समेत प्रदान गरिएको थियो । संस्थाकी उपाध्यक्ष उमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सभामा जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, प्रभात बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष सनिराम चौधरी, नव प्रतिभा कृषक सहकारी संस्था बगरापुरका सचिव हरिचन्द्र चौधरी, समाज सुधार कृषि समुहका सचिव प्रेमबहार केसी, साना व्यापारी समुह मौरीघाटका अध्यक्ष बेगमबहादुर बस्नेत, नयाँ समाज कृषि सहकारी संस्थाका अध्यक्ष हनुमान चौधरी, सञ्चा।कर्मीहरु सन्तोषकुमार गुप्ता, कमल गिरी र ओमप्रकाश गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए