२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाभित्र ५० प्रतिशत बढी सम्झौता र डिजाईन स्टिमेट सकियो

२०७४, ३ माघ बुधबार ०६:१४

चिसाङ शेर्पा्\माघ ३ खोटाङ | रुपाकोट मझुवागढी नगरपालिकाभित्र ५० प्रतिशत बढी योजनाहरुको सम्झौता डिजाईन स्टिमेट सकिएको छ । ३० प्रतिशतभन्दा बढी बिकासे योजनाहरुको काम शुरुवात भएसँगै नगरपालिकाको कार्यगत शैली सामान्य देखिएको छ । केन्द्रिय तथ्याङक अनुसार पुंजीगत बजेटको ५ देखी ६ प्रतिशत मात्रै कार्यक्रम कार्यन्वयन हुंदा नगरपालिकाले कार्यन्वयनकै तहमा तीस प्रतिशत कार्यशैली पु¥र्याउन सकिए पनि धेरै राम्रो उपलब्धि नभएकोे रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक महिनाको २ गते गर्दै आएको सुशासनका लागि ‘मिट द प्रेस’ कार्यक्रममा बोल्दै नगरप्रमुख रिजालले भने,“६ महिना समय अवधिमा ७० प्रतिशत काम गर्नुपर्ने हुन्छ यद्यपी, सम्झौता र डिजाईन स्टीमेटको काम सँगसंगै दु्रतगतीमा भईरहेकाले नगपालिकाले टार्गेट गरेका कामहरु आर्थिकवर्षभित्र समापन गर्ने लक्ष्य छ ।’

पत्रकारहरुसँगको भेटघाटमा दिएको जानकारी अनुसार नगरपालिकाले माघ महिनामा दिक्तेल–खानीडाडाँ ल्याण्डफिल्ड सडक, दिक्तेल–दुम्लीदोबेला सडकलाई मर्मत गरी सञ्चालनमा ल्याईएको जनाएको छ । बुईपा नेवारगुठी मञ्चको काम सम्पन्न भई उद्घाट गर्ने क्रममा रहेकोे र पुर्णरुपमा जिपहरु हाँटडाडाँमा पार्किङ शुरु भएको जनाईएको छ । 

यस्तै, निर्माण चरणका विभिन्न कार्यक्रमहरुमा दिक्तेल हाँटडाडाँमा थुप्रिएको फोहोरमैला बुधबार नगरको जेसिभीले उठाउने, अल्छेढुंगामा मर्मत सडक सम्पन्नसँगै बस तथा ट्रकलाई ७ गतेबाट बसपार्कमा लैजाने, सार्वजनिक स्थलमा धुम्रपान निषेध भएको र नगरपालिकाभित्रका १५ वडालाई स्वास्थ्य बीमायुक्त वडा घोषणाको तयारी भईरहेको जनाएको छ । 

नगरपालिकाभित्र ५० हजार पहिलो किस्ता लिएका भुकम्पीय लाभग्राहीका लागि भुकम्प पुननिर्माण प्राधिकरणबाट ९ जना प्राविधिक खटेर आउनुपर्नेमा हालका लागि १ जना ईन्जिनियर ३ जना सव ईन्जिनियर आएका र पाँचजना ईन्जिनियर आउन बाँकी भएपनि साविकको पुरानो नगरपालिकालाई दोश्रो किस्ता दिने तयारी भईरहेको छ । 

साविकको नगरपालिकामा पहिल्यै डकर्मीको तालिम सकिएको र नगपालिकाको बिजयखर्क, नेर्पा, दोर्पा ७, दोर्पा ८, निर्मलीडाडाँमा बुधबार डकर्मी तालिम समापन हुनछ । आगामी ५ गतेबाट जालपामा खार्मी, पाथेका, जालपा, नुनथला र बुईपाको तालिम सकिएपछि १५ वडामै भुकम्प लाभग्राहीका लागि घर बनाउन शुरु गरिने मेयर रिजालले बताए । 

यसैगरी, नगरशिक्षा नियमावली लागु गरिएको, फागुनको पहिलो हप्ता बृहत शैक्षिक सेमिनार गरिने, नमुना कृषि उद्यमी कार्यक्रम कार्यन्वयन कार्यविधी, नगर रेन्बोट्राउट कार्यक्रम कार्यन्वयन कार्यविधी, प्रधानमन्त्री कृषिका लागि ब्लग र पकेट कार्यक्रमको आवेदन संकलन र नगरभित्र ५० प्रतिशत अनुदानमा ३ सयवटा प्लाष्टिक टर्नेल वितरण गरिने र हाटडाडाँमा आधुनिक बधशाला निर्माण गरिएको ‘मिट द प्रेस’मा जानकारी गराईएको थियो । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा