धमालाको पदमाथी हमाला, रिपोर्टस क्लवको अध्यक्षमा सिम्खाडा

Posted on: 17 Jan, 2018

दलसिंह गिरी/माघ ३, कालिकोट । रिपोर्टस क्लव नेपाल जिल्ला शाखा कालीकोट अध्यक्षमा विश्वनाथ सिम्खाडा निर्वाचित भएका छन् । 

बुधबार मान्ममा सम्पन्न क्लवको तेस्रो जिल्ला अधिवेशनबाट सिम्खडा निर्विरोध निर्वाचित भएका हुन् । 

अधिवेशनले सिम्खाडाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । क्लवका शाखा अध्यक्ष लंकराज धमालाको अध्यक्षतामा संचालन भएको तेश्रो अधिबेशनमा उपाध्यक्षमा रमेश बोगटी, सचिव साधना शाही कोषाध्यक्ष पवित्रा जैसी निर्वाचित भएका छन् । 


त्यसैगरी सदस्यमा ललित बैजाली, लक्ष्मी तिमिल्सेना, एकता बोगटी, हस्त चौलागाई, रोजिना रावल, रमेश कुमार सोनी र रुकुम योगी निर्वाचित भएका छन् । 

नि.बर्तमान अध्यक्ष लंकराज धमालालाई केन्द्रले प्रदेश नं. ६ को जिम्मेवारी तोकेपछि तेश्रो अधिबेशनमा सिम्खाडालाई निर्विरोध चयन गरिएको हो । 

एक दिनमात्र संचालन भएको अधिबेशमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका अध्यक्ष तुलाराम पाण्डेको प्रमूख आतिथ्यतामा जिल्लामा कार्यरत सम्पूर्ण मिडिया हाउसहरुका प्रमुखहरुको विशेष आथित्यता तथा जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!