२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाखको क्षति

२०७४, ४ माघ बिहीबार ०३:१३

माघ ४, महोत्तरी (रासस) | महोत्तरीको गौशालामा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । मंगलबार राति स्थानीय वेचन महतोले गौशाला नगरपालिका–११ स्थित इमली बजारमा सञ्चालन गर्दै आएको कपडा सिलाइ पसल (टेलर्स)मा आगलागी हुँदा सो बराबरको क्षति भएको हो । 

मंगलबार राति आगलागी हुँदा चारवटा सिलाइ मेसिन र एक थान ज ६ प ८३०२ नंको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

पसलको बाहिरपट्टि घुर बालेको देखिएकाले घुरबाट नै आगो लागेको हुनसक्ने अनुमान रहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते