2026-09-15 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा ल्याब सेवा सञ्चालन, ज्येष्ठ नागरिकको निःशुल्क परीक्षण

माघ ४, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाभित्र रहेको लक्षित समुदायका ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा दिन र उनीहरुलाई नजिकै स्वास्थ्य संस्थामा छिटो र छरितो किसिमले जाँच गराउने नीति लिएर गाउँपालिकाका पाँच वटा वडामा ल्याब सेवा सञ्चालन गराइएको अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले बताउनुभयो । 

अजयमेरु गाउँपालिकाको २ नं वडामा रहेको स्वास्थ्य चौकीमा ल्याब सेवाको उद्घाटन गर्ने क्रममा अध्यक्ष भट्टले अजयमेरु गाउँपालिकालाई समृद्ध र स्वस्थ वडाका रुपमा विकसित गर्नका लागि पनि सबै वडामा खोलिएको ल्याब सेवाले उदाहरणीय कार्य गर्ने बताउनुभयो । 

वडामा नै ल्याबको व्यवस्था भएसँगै स्थानीयवासी हर्षित भएका छन् । डडेल्धुरा जिल्लामा रहेका सात पालिकामध्ये अजयमेरु गाउँपालिकाले मात्रै यो सेवा सञ्चालन गरेको हो । ल्याब सेवा सञ्चालन भएसँगै स्थानीय ज्येष्ठ नागरिक अपाङ्ग, बालबालिका, एकल महिला र अन्य सर्वसाधारण पनि खकार, रगत, पिसाब, दिशा जाँच गर्न पाउने भन्दै खुसी भएका छन् । यो सेवा सञ्चालन नहुँदा अजयमेरु गाउँपालिकाका मानिस रगत, खकार परीक्षण गर्नका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको थियो । अजयमेरु गाउँपालिकाको ६ नंमा पनि चाँडै यो सेवा सञ्चालन गरिने अध्यक्ष भट्टले जानकारी गराउनुभयो । 

ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप गाउँपालिकाबाट छ वटै वडाका ४५० भन्दा बढीलाइ कम्मल र टोपी वितरण गरेको अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी गराउनुभयो । अजयमेरु गाउँपालिकाका छ वटै वडाले स्थानीय जनप्रतिनिधि आएसँगै तीव्ररुपमा विकास निर्माण र अन्य गतिविधि सञ्चालनमा ल्याएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ