२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा चोरी भएका गरगहनासहित चार पक्राउ

२०७४, ४ माघ बिहीबार ०७:५९

माघ ४, सप्तरी |  सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् । । 

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताउनुभयो । 

उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँच थान, विभिन्न नमूना र आकारका बाला सात थान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ । 

यसैगरी पाउजु ५१ थान, ब्रासलेट १२थान, सिक्री थान ४५, चुरी ठूलो एक सानो २ थान, काटिएको बेरुवा एक थान , औंठी ४९ थान, बिच्छी ४२थान , चकती १७ थान, गणेश भगवान्को मूर्ति एक थान, सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ । 

त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना४९प १९०७ नंको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते