२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइका सामग्री वितरण

२०७४, ४ माघ बिहीबार ०८:०३

माघ ४ पाल्पा | अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथासरसफाइ सामग्री वितरण गरिएको छ । 

रामपुर नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक÷एक थान हरलिक्स, नुहाउने तथा कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने सामग्री वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । 

साथै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडाभित्रका छ वृद्धवृद्धालाई एक÷एक थान कम्बल र म्याट वितरण गरिएको छ । 

ती सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यस नगरलाई अपांगमैत्री नगर बनाउनका लागि कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो । 

उहाँले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्न आगामी दिनमा बजेट विनियोजन गर्ने वचन दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते