२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटको एक सहकारीले सुत्केरी खर्चदेखि क्रिया खर्चसम्म दिने

२०७४, ४ माघ बिहीबार ११:३१

माघ ४, कालिकोट | दर्ता भएको छोटो समयमा ख्याति कमाउन सफल भएको एक सहकारी संस्थाले आफ्ना सदस्यमा राहतका कार्यक्रमको थालनी गरेको छ । 

जिल्लामा रहेको हिमचुली कृषि सहकारीले आफ्ना सदस्यको हितका लागि थुप्रै राहतका कार्यक्रम लागू गरेको छ । अहिले सात हजार शेयर सदस्य रहेको सो सहकारीमा पाँच हजार ५०० को हाराहारीमा महिला सदस्य रहेका छन् । महिला सदस्यको हितलाई मध्य नजर गर्दै राहतका कार्यक्रम अघि सारेको हो । 

सहकारी संस्थाले आफ्नो स्वलगानी र सदस्यलाई कर्जा प्रवाह गर्दा एक प्रतिशत कटाई खडा गरेको कोषबाट सदस्यलाई राहत प्रदान गर्दै आएको संस्थाका लघुवित्त कार्यक्रम निरीक्षक सिंहबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार सदस्यलाई सुत्केरी खर्च दुई बच्चासम्म मात्र रु ५०० देखि रु एक हजारसम्म, सदस्यको मृत्यु भएमा रु एक हजारदेखि रु १५ हजारसम्म तथा सदस्यको श्रीमान्को मृत्यु भएमा रु दुई हजार र दुर्घटनाबाट सदस्यको मृत्यु भएमा रु एक लाखसम्म राहत दिन थालिएको छ । 

चालु आवमा यस संस्थाबाट सुत्केरी खर्च ३२ जनालाई, सदस्यको श्रीमान्को मृत्यु भएका १७ जना र दुर्घटना बीमाबापत एकजनालाई राहत प्रदान गरिएको छ । जिल्लाका छ गाउँपालिका र तीन नगरपालिकामा कार्य क्षेत्र रहेको सो सहकारीका पाँचवटा सेवा कार्यालय रहेको छ । हिमचुली कृषि सहकारी संस्थाले विप्रेषण, लघुवित्त कार्यक्रम, बचत तथा ऋण, वैकल्पिक ऊर्जा कार्यक्रम, सुधारिएको चुलो, कृषि बजारीकरण, दूध डेरी, भेडाबाख्राको आधुनिक खोर निर्माणलगायत कार्यक्रम गर्दै आएको छ । 

यस सहकारी संस्थाले ४० जनालाई रोजगार दिएको छ भने अप्रत्यक्षतर्फ २०० को हाराहारीमा रोजगारीको सिर्जना भएको संस्थाका कार्यकारी निर्देशक भीमप्रसाद बरालले बताउनुभयो । यस सहकारी संस्थाले मंसिर मसान्तमा रु १५ करोड कर्जा प्रवाह, रु एक करोड २६ लाख शेयर पूँजी संकलन गरेको छ भने निक्षेप रु तीन करोड ५० लाख रहेको छ । जिल्लामा १४० वटा सहकारी दर्ता भएपनि क्रियाशील अवस्थामा दुई दर्जन मात्र छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते