१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आन्दोलनरत नर्सहरुद्धारा प्रशासन कार्यालयमा नाराबाजी

४ माघ २०७४, बिहीबार १६:२०

माघ ४, सुर्खेत । विभिन्न माग राख्दै गरिएको नर्सहरुको आन्दोलन झन् चर्किदै गएको छ । 

जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत नर्सहरु केन्द्रीय कार्यक्रमअनुसार आन्दोलनमा उत्रिएका हुन्।आफ्ना सेवासुविधा तथा स्तर बृद्धिको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका नर्सहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा नाराबाजी गरेका छन् ।

मंगलगढी चोकबाट ¥याली प्रशासन कार्यालय परिसर पुगेका उनीहरुले झण्डै एक घण्टा नारावाजी गरेका हुन्।साथै उनीहरुले विहीबार देखि काममा नजानेसमेत निर्णय गरेका छन्। 

नेपाल नर्सिङ संघको अगुवाईमा थालिएको आन्दोलनलाई नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले पनि समर्थन जनाएको छ।यसअधि कालोपट्टी बाँधेर तीन घण्टा काम ठप्प पारेका नर्सहरूले सबै सेवा ठप्प पार्ने चेतावनी दिँदै आन्दोलनका शसक्त बनाएका छन्।


सरकारले आफ्ना मागहरुलाई वेवास्ता गरेकोले आन्दोलनलाई थप शसक्त पारिएको संघका अध्यक्ष गिता सुवेदीले बताइन्।उनीहरुले बिहीबारदेखि थप आन्दोलनका कार्यक्रम समेत सार्वनजनिक गरेका छन्। 

नयाँ कार्यक्रम अनुसार माघ ६ गतेसम्म सबै अस्पतालमा विहानदेखि साँझसम्म काममा नजाने, ७ गतेबाट २४ घण्टा अस्पतालको सेवा अवरुद्ध गर्नेसंघका अध्यक्ष सुवेदीले बताइन् ।

श्रम ऐन २०७४ लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्नेलगायतका माग राखि नर्सहरू आन्दोलनमा होमिएका हुन्।

यस्तै, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

नर्सहरूले स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएको नर्सको पुनस्र्थापना लगायतका ११ बुँदे मागसहित गत पुस २७ गतेबाट चरणबद्ध आन्दोलन थालेको हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार