2026-10-15 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आन्दोलनरत नर्सहरुद्धारा प्रशासन कार्यालयमा नाराबाजी

माघ ४, सुर्खेत । विभिन्न माग राख्दै गरिएको नर्सहरुको आन्दोलन झन् चर्किदै गएको छ । 

जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत नर्सहरु केन्द्रीय कार्यक्रमअनुसार आन्दोलनमा उत्रिएका हुन्।आफ्ना सेवासुविधा तथा स्तर बृद्धिको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका नर्सहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा नाराबाजी गरेका छन् ।

मंगलगढी चोकबाट ¥याली प्रशासन कार्यालय परिसर पुगेका उनीहरुले झण्डै एक घण्टा नारावाजी गरेका हुन्।साथै उनीहरुले विहीबार देखि काममा नजानेसमेत निर्णय गरेका छन्। 

नेपाल नर्सिङ संघको अगुवाईमा थालिएको आन्दोलनलाई नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतले पनि समर्थन जनाएको छ।यसअधि कालोपट्टी बाँधेर तीन घण्टा काम ठप्प पारेका नर्सहरूले सबै सेवा ठप्प पार्ने चेतावनी दिँदै आन्दोलनका शसक्त बनाएका छन्।

सरकारले आफ्ना मागहरुलाई वेवास्ता गरेकोले आन्दोलनलाई थप शसक्त पारिएको संघका अध्यक्ष गिता सुवेदीले बताइन्।उनीहरुले बिहीबारदेखि थप आन्दोलनका कार्यक्रम समेत सार्वनजनिक गरेका छन्। 

नयाँ कार्यक्रम अनुसार माघ ६ गतेसम्म सबै अस्पतालमा विहानदेखि साँझसम्म काममा नजाने, ७ गतेबाट २४ घण्टा अस्पतालको सेवा अवरुद्ध गर्नेसंघका अध्यक्ष सुवेदीले बताइन् ।

श्रम ऐन २०७४ लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्नेलगायतका माग राखि नर्सहरू आन्दोलनमा होमिएका हुन्।

यस्तै, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पिएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन बिदाको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

नर्सहरूले स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएको नर्सको पुनस्र्थापना लगायतका ११ बुँदे मागसहित गत पुस २७ गतेबाट चरणबद्ध आन्दोलन थालेको हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने