१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट: वेष्ट कर्णाली मिडिया चौथो बर्षमा

४ माघ २०७४, बिहीबार १६:२७

माघ ४, कालीकोट । कर्णालीको समृद्धिका लागि सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारहरुले बिकासका मुद्धाहरु उठाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

वेष्ट कर्णाली मिडियाको तेस्रो बार्षिक उत्सवका अवसरमा विहीबार मान्ममा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।


कार्यक्रमका प्रमूख अतिथि नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले कर्णालीको समग्र बिकासका लागि पत्रकारहरुले समृद्धिको मुद्धा उठान गर्नु पर्ने बताए । 

‘पत्रकारले सरकारलाई खवरदारी गर्दै बिकासको मुद्धा उठान गर्न जरुरी छ’ पाण्डेले भने, ‘समृद्धिका लागि स्थानीय सरकार र पत्रकार संगसंगै जानु आजको आवश्यकता हो ।’ उनले बढ्दो भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रबद्र्धनका लागि पनि पत्रकार चनाखो हुनु पर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका सचिव चित्रसिंह गाउँले, नेपाली कांग्रेस कालीकोटका प्रवक्ता नगेन्द्र बिष्ट, नेकपा माओवादी केन्द्रका नेता दिनेश चदारा, दुर्गा काफ्ले लगायतले कालिकोट जिल्लामा सञ्चार माध्यमहरुको संख्या बढ्नु सकारात्मक भएको भन्दै यिनीहरुको गुणस्तर बिकासमा पनि ध्यान दिनु पर्नेमा जोड दिए । सञ्चार माध्यमको संख्या बढ्दा नागरिकहरुले सूचनाको पहुँच बृद्धि भएको भन्दै उनीहरुले प्रसंशा गरेका छन् ।


कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल, नेपाल प्रेस युनियनका कार्यवाहक अध्यक्ष बिष्णु न्यौपानेलगायतका वक्ताहरुले बेष्ट कर्णाली मिडिया प्रालिको तेस्रो बार्षिक उत्सवको अवसरमा शुभकामना दिँदै जिल्लाको समग्र विकास तथा परिर्वतनमा निरन्तरताको शुभकामना दिए। 

वेष्ट कर्णाली मिडिया प्रालिले मिसन न्यूज साप्ताहिक पत्रिका र मिसन ईन्यूज अनलाईन पत्रिका संचालन गरिरहेको छ । वेष्ट कर्णाली मिडिया प्रालिका अध्यक्ष पवित्रकुमार शाहीको अध्यक्षतामा बार्षिक उत्सव सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार