Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कञ्चनपुरमा एक पुरुषको बेवारिसे शव भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ५, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ ।

दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी निरीक्षक थापाले भन्नुभयो, “शव दश दिन अगाडिको जस्तो देखिन्छ ।”

शवको हालसम्म सनाखत हुन सकेको छैन । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालतर्फ पठाइएको छ । शव परीक्षण पछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ । रासस