२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा न्यानो लुगाफाटाको अभावमा वृद्धाको मृत्यु

२०७४, ५ माघ शुक्रबार ०५:५१

माघ ४, गौशाला | महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ मा बिहीबार न्यानो लुगाफाटाको अभावमा एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–९, पशुपतिनगर बस्ने ६० वर्षीया रामपरी देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्लामा विगत एक महिनादेखि जारी शीतलहरको बेला अतिगरिब परिवारका वृद्धा रामपरीको न्यानो ओढ्ने ओछ्याउने लुगाफाटाको अभावमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

वृद्धा रामपरी देवी आफ्नै घरमा सुतिरहेका बेला बिहीबार अत्यधिक जाडो हुँदा पर्याप्त न्यानो ओढ्ने ओछ्याउने नपाएपछि कठ्यांग्रिएर ज्यान गुमाएकी हुन् । 

बाढी तथा शीतलहर पीडितलाई राहत वितरण 

यसैबीच, गत साउन महिनामा आएको भीषण बाढीबाट महोत्तरी जिल्लामा घरवारविहीन भएका दुई हजार ५१६ परिवारलाई रु २५ हजारका दरले राहत उपलब्ध गराइने भएको छ । 

बाढीले घरवारविहीन बनाएका बेला विगत एक महिनादेखि अविरल शीतलहरका कारण झन्झन् बढी प्रभावित बनाएका बाढीपीडितलाई नेपाल सरकारले रु २५ हजारका दरले राहत उपलब्ध गराउने भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीका २,५१६ बाढीपीडित परिवारलाई नेपाल सरकारले शीतलहर पीडितको पहिलो सूचीमा राखेर उनीहरुका लागि प्रतिपरिवार रु २५ हजारका दरले राहत पठाएको बताउनुभयो । 

उहाँले ती राहतमध्ये बाढी तथा शीतलहर पीडित परिवारले रु १० हजार न्यानो कार्यक्रमबाट र रु १५ हजार घर मर्मतका लागि गरी जम्मा रु २५ हजार तुरुन्त पाउने भएको बताउनुभयो । 

प्रजिअ श्रेष्ठले ती सबै रकम पीडितले आ–आफ्ना स्थानीय तह (गाउँ÷नगरपालिका) बाट पाउने समेत बताउनुभयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले ती सबै रकम महोत्तरीको १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहमा पठाउने तयारी गरिरहेको बताउनुभयो । 

महोत्तरीमा बाढी तथा शीतलहर पीडित २,५१६ परिवारका लागि नेपाल सरकारले जम्मा रु छ करोड ९० लाख पठाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते