४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

५ माघ २०७४, शुक्रबार ०६:१९

माघ ५, पाँचथर | सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । 

आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको काम एकै साथ अधि बढाइएको छ भने मुख्य पाइपलाइनको कामको हालसम्म ४५ प्रतिशत सकिएको छ । दोस्रो चरणको वितरण लाइनको २९ प्रतिशत काम सम्पन भएको निर्माण कम्पनीले जनाएको छ । 

आयोजना समयमै सम्पन्न गर्नका लागि निर्माण कम्पनीले आवश्यक जनशक्ति, कच्चापदार्थ, र उपकरणको प्रयोग एकै साथ गरिरहेको छ । विसं २०७२ देखि शुरुवात भएको आयोजनामा विविध कारणले ११ महिनासम्म आयोजनाको काम स्थगित भएको थियो । 

सम्बधित निकाय र स्थानीयको दबाब बढेपछि निर्माण कम्पनीले ढिलै भए पनि आयोजनाको कामलाई तीव्रता दिएको थियो । तर पछि मुहानको विवाद मिलेपछि लोरिपा दोभानबाट तमोर खोलाको लुमुघाटमा मुहान सारेपछि आयोजनाले तीव्रता पाएको हो । 

कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङका अनुसार खानेपानी उपभोक्ता समिति, प्राविधिक र निर्माण कम्पनीका कारण आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भइसकेपछि आफूहरुले रेखदेख गर्दै आएको हुँदा आयोजनाको कार्यले गति लिएको उहाँले बताउनुभयो । 

गाउँपालिकामा खानेपानी समस्या भोगिरहेका स्थानीयको पीडामा मलमपट्टि लगाउनका लागि भएपनि समयमै आयोजनाको कामलाई पूरा गरेरै छोड्ने प्रेरा स्वामीनारायण जेभी, मोरङका निर्माण व्यवसायी सन्तोष बस्नेतले बताउनुभयो । 

निर्माण कम्पनीले तमोर नदीमा पानी जम्मा गर्ने इनार निर्माण गर्दै आएको छ । आयोजनाका ११ वटा आरभिटीमध्ये बाँकी रहेका चारवटा आरभिटीको काम गर्दै आएको छ । वितरण लाइनको २९ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनीले बताएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ