२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बागलुङको पञ्चकोट’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै

२०७४, ५ माघ शुक्रबार ०८:१४

रामबहादुर थापा / माघ ५, बागलुङ | बागलुङ नगरपालिका–६ मा निर्माणाधीन ‘विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । 

धार्मिक र प्रकृतिप्रेमी पर्यटकलाई पञ्चकोटले लोभ्याएको छ । मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पञ्चकोटमा विश्वकै अग्लो १०८ फिटको विश्वशान्ति कलश, पाँच हजार ५५५ किलो मुक्तिनाथ महाघण्टलगायतका संरचना निर्माणको चरणमा छन् । 

स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संकल्प र पहलमा पञ्चकोटलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न लागिएको हो । सम्पदा निर्माणले पूर्णता नपाउँदै दैनिक सयौँ भक्तालु तथा पर्यटक पञ्चकोट आउने गरेको पञ्चकोटका कार्यालय सचिव नारायण गौतमले बताउनुभयो । गत पुसमा आयोजित बागलुङ महोत्सवको १० दिनको अवधिमा मात्र तीन हजारभन्दा बढी पर्यटक पञ्चकोट घुमेका थिए । 

महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले पनि आगन्तुकलाई पञ्चकोट घुमाउने लक्ष्य राखेको थियो । सो अवधिमा एक हजार जनाले रु ५० को टिकट काटेर त्यहाँ रहेको ‘सिस महल’को अवलोकन गरेका थिए । पछिल्लो एक वर्षमा ‘सिस महल’ अवलोकनबाट रु छ लाख ९१ हजार आम्दानी भएको छ । 

सदरमुकामबाट आठ किमिको दूरीमा रहेको पञ्चकोट घुम्नेको संख्या बढ्दै गएको छ । शनिबार र सार्वजनिक बिदामा पर्यटकको घुइँचो नै लाग्ने गरेको पञ्चकोटका महासचिव वसन्तकुमार श्रेष्ठले बताउनुभयो । 

“विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट’को गुरुयोजना बनाएर तीन वर्षअघिदेखि पूर्वाधार निर्माणको काम भइरहेको छ, आउँदा केही वर्षमा पञ्चकोटले पूर्णता पाउँछ, देशकै ठूलो धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यसको विकास हँुदैछ,” उहाँले भन्नुभयो । पञ्चकोटमा ठूला संरचना निर्माणको चरणमा छन् भने गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, ‘सिस महल’ लगायतका स–साना मन्दिर निर्माण भइसकेका छन् । धामको सम्पूर्ण पूर्वाधार निर्माणमा करिब रु दुई अर्ब खर्च हुने बताइएको छ । 

एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको पञ्चकोटमा कमलनयनाचार्य संस्थापक रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टमार्फत काम भइरहेको छ । पञ्चकोटको विकाससँगै मुक्तिनाथ क्षेत्र, शालिग्राम, पवित्र कालीगण्डकी तथा यससँगै जोडिएका धर्म, संस्कृति र सभ्यताको संरक्षण हुने ठानिएको छ । सदरमुकामबाट सवारी साधनमा आधा घण्टामै पुग्न सकिने पञ्चकोट प्राकृतिक हिसाबले पनि मनोरम भूगोलमा अवस्थित छ । पञ्चकोट हिमशृङ्खलाको अवलोकनका लागि उत्तम गन्तव्य मानिन्छ । 

सबै संरचना बनेपछि पञ्चकोट प्रसिद्ध धार्मिक पर्यटकीय सम्पदाका रुपमा विकासित हुने निश्चित छ । जिल्लाको आर्थिक विकास र समृद्धिमा पनि पञ्चकोटले टेवा पु¥याउने ठानिएको छ । पूर्वाधार निर्माणमा सहयोग जुटाउने उद्देश्यले पञ्चकोटमा वर्षेनी विश्व शान्ति महायज्ञ लगाउने गरिएको छ । यस वर्ष पनि आउँदो फागुनमा महायज्ञ आयोजना गरिने पञ्चकोट व्यवस्थापन समितिले जनाएको छ । यहाँ विश्वकै अग्लो १०८ फिटको तामाको कलश निर्माण हुँदैछ । रासस

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते