२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पाँच महिनादेखी जन्तेढुंगा गाउँपालिकाका वडाहरु सचिवबिहीन

२०७४, ५ माघ शुक्रबार १०:५१

चिसाङ शेर्पा/माघ ५, खोटाङ । पाँच महिनायता जन्तेढुंगा गाउँपालिका वडा सचिवबिहीन बनेको छ । 

चार वडाका सचिवहरु गत असोजबाट सरुवा भई अन्तै गएपछी पालिकाका ६ वटै वडा सचिवबिहीन बनेको हो । गत असोजमा डम्बर्खुशिवालयका लक्ष्मी फुयँल, चिसापानीका ढुण्डीराज दुलाल, दिप्लुङका शम्भु आचार्य र काहुलेका मेघराज आचार्यको सरुवासँगै देविस्थान, वोपुङसहित पालिकाको सबै वडा रित्तो भएको हो ।

वडा कार्यालयमामा सचिव नहुंदा काम चलाउमा कार्यालय सहयोगीले वडाको काम गरीरहेका छन् । सहयोगीले कामकाज गर्दा सेवाग्राहीले सहज र सरलरुपमा सुविधा पाउन नसकेको ब्यापक गुनासो आउन थालेको छ । पालिकाको वडाहरुमा सचिव तथा अन्य कर्मचारी नहुंदा विकास निर्माण लगायत यावत कामहरु गर्न कठिनाई भएको जन्तेढुंगा गाउँपालिका प्रमुख शंकर बहादुर राईले बताउनुभयो । 

हाल पालिकामा कार्यकारी प्रशासकिय अधिकृत यादब भण्डारी, सुब्बा बिदुर आचार्य र लेखाप्रमुख सुवास श्रेष्ठ रहेका छन् । पालिकामा प्रशासकिय अधिकृत एक, लेखाप्रमुख एक, खरीदार दुई र एकजना सिभिल ईन्जिनियरको आवाश्यक रहेको पालिका प्रमुख राईले बताए । 

उता, बराहपोखरी गाउँपालिका ४ फाक्टाङ बाहेक अन्य वडा रित्तो रहेको छ । अन्य पाँच वडामा फाक्टाङका वडा सचिव गौरीनाथ आचार्य र कार्यालय सहयोगीले काम गरीरहेका गाउँपालिका उपप्रमुख गोमा मगरले बताईन् ।  

यस्तै, केपिलासगढी गाउँपालिकाको खार्ताम्छामा वडा सचिव छैन । त्यहाँ वासपानीका सचिव युवाराज कट्वालले हेरीरहेका छन् । दिपु्रङ गाउँपालिकाको डाडागाउँलाई याम्खा र  स–छितापोखरीलाई छितापोखरीका सचिवले हेरीरहेका छन् । खोटेहाङ गाउँपालिकाको दुई वडा पनि खाली रहेको छ । ईन्द्रेणीपोखरीलाई खोटाङबजार र सावाकटहरेलाई वाप्लुखाका वडा सचिवले हेरीरहेका पालिका उपप्रमुख कविता राईले जानकारी दिनुभयो । 

संविधानले अनुगमन र समन्वय गर्ने मात्रै अधिकार दिएको र गाउँपालिका तथा नगरपालिकाले समन्वय गरेमा कर्मचारी समायोजनमा पहल गर्न सकिने जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताउनुभयो । 

स्थानिय सरकार कायमपश्चात कर्मचारीका लागि उहाँहरुले पनि पहल गर्न सक्नुहुन्छ । उनले भने, “केही पालिकाले कर्मचारीका लागि माग गरेका छन् । हामी समन्वय समितीमा भएका मध्येमा कर्मचारी समायोजन गर्नेसम्म तयारीमा छौ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा