२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित हुँदैछ: पूर्वप्रम नेपाल

२०७२, २१ कार्तिक शनिबार ०९:२०

सन्तोषकुमार गुप्ता/कात्तिक २१, दाङ्ग । नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस आन्दोलनमा भारतीयको संलग्नता प्रमाणित हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले बिगत २ महिनादेखि नेपालको मधेसमा जारी आन्दोलनमा भारतीयको संलग्नता भएको भएको पछिल्ला घटनाक्रमबाट पुष्टि हुँदै गएको बताउनुभएको हो ।

आन्दोलनमा भारतको संलग्नता छ भन्ने प्रमाण फेला पर्दै गएको दाबी गर्दै नेकपा एमालेका वरिष्ठ नेता समेत रहनुभएका नेपालले आन्दोलनमा भारतीय नागरिक मारिनु, पेट्रोल बमसहित भारतीय नागरिकहरु फेला पर्नु र आन्दोलनकारीहरुलाई सीमापारि लगेर खाना खुवाइनुले मधेस आन्दोलनमा भारतीयहरुको संलग्नता भएको पुष्टि हुँदै गएको बताउनुभयो । ‘आन्दोलन मधेसी जनताको होइन । मधेस केन्द्रीत केही दलहरुको हो’, नेता नेपालले भन्नुभयो, ‘मधेसका केही दलहरुको स्वार्थपूर्तिका लागि भारतले असल छिमेकीको सम्बन्ध तोड्नुहुँदैन । छिमेकीलाई समस्यामा पार्नुहुँदैन ।’ नेपालको आन्तरिक मामिला नेपालीहरु बसेर आफै मिलाउने बताउँदै नेपालले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न भारत सरकारलाई आग्रह गर्नुभयो । ‘हामी आफ्नो समस्या आफै बसेर मिलाउन तयार छौं । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारत हाम्रो छिमेकी या मालिक ?’, नेता नेपालले प्रश्न गर्नुभयो, ‘आफ्नो देशभित्रको आन्तरिक समस्या हल गर्न नसक्ने भारतले नेपालमा किन हस्तक्षेप गर्दैछ ?’ नेपालको मधेसमा आन्दोलन भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहक्षेत्र गुजरातमा पटेल समुदायको पनि आन्दोलन भइरहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले गोर्खाल्याण्डलगायतका क्षेत्रमा समेत भइरहेका समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभयो । ‘आन्दोलन नेपालमा मात्र होइन भारतमा पनि भइरहेका छन् । हामीले भारतमा भएका आन्दोलनको बारेमा कहिल्यै बोलेनौं, भारत किन नेपालमा हस्तक्षेप गर्दैछ’, नेपालले भन्नुभयो, ‘हामी भारतलाई छिमेकीको भूमिकामा आउन आग्रह गर्दछौं ।’
अर्को प्रसंगमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले १९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । एमालेले पहिलेदेखि नै १९५० को नेपाल–भारत सन्धीको पुनरावलोकन गर्नुपर्ने माग गर्दै आएको स्मरण गर्दै नेपालले एक्काइसौं शताब्दीको धरातलमा टेकेर १९५० को दुई देशीय सन्धीको पुनःव्याख्या गर्नुपर्ने बताउनुभयो । संसदमा पेश भएको संविधान संशोधन विधयकमा भाषा नमिलेकाले केही काटछाँट गरेर अगाडि बढिने नेता नेपालको भनाइ थियो । सीमांकनको विषयमा भारतको चासोले चौतर्फि चिन्ता बढाएको भन्दै नेता नेपालले भारतीय मिडियाले नेपाल टुक्राउने समाचार लेखिरहँदा भारतले नेपालमाथिको हस्तक्षेप गरेकाले चिन्ता बढाएको बताउनुभयो । नेपालीहरुलाई बैदेशीक हस्तक्षेप स्विकार्य नभएका भारतीय एमाधीकार तोडी उत्तरी छिमेकी चीनसँग सम्बन्ध बिस्तार गरेको बताउनुभयो । आगामी निर्वाचनसम्म सत्तापक्ष प्रतिपक्ष नहुने वातावरण तयारका लागि एमाले अघि बढेको भन्दै बिगतको समीक्षा गरेर अघि बढ्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने