१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरी: पिछडिएको दलित बस्ती राहतको प्रतीक्षामा

६ माघ २०७४, शनिबार ११:५४

माघ ६, महोत्तरी । शीतलहर र बाक्लो हुस्सुको समयमा तराई मधेश कठ्यांगिँदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन् । 

सिंहदरबारको अधिकार गाउँमै ल्याउने सपना देखाएर निर्वाचित भएका जनप्रतिनिधि उनीहरुको समस्या बुझ्न गाउँ नफर्केपछि दलित बस्ती चिसोले कठ्यांग्रिएको छ । 

स्थानीय जनप्रतिनिधि चुनावमा निर्वाचित भएको १०० दिन पूरा भएपनि सोनमा गाउँपालिका–५ खैरवनीका दलित बस्तीमा कुनै किसिमको परिवर्तन हुन सकेको छैन । खैरवनी महरा बस्तीमा सो अवधिमा न त बाटो मर्मत हुन सकेको छ न त खानेपानीको नै सुविधा छ । 

पचासौँ दलित समुदायका घरपरिवार स्वच्छ खानेपानीको लागि तड्पिरहेका छन् । न त खानलाई घरमा अन्न छ न त पिउनलाई नै स्वच्छ पानी त्यहाँ छ त केवल फोहरको डुँगुर, छाप्रोभित्र चिसोसँग बच्नका लागि राखेको परालको चटाई । 

यहाँका स्थानीय जनप्रतिनिधिविहीन भएको अनुभव गर्न थालेका छन् । स्थानीय ५० वर्षीया साकु्देवी महराका अनुसार त्यहाँ स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैन । खेनारी यादवले चिसोले जनजीवन कष्टकर हुँदासमेत अहिलेसम्म जनप्रतिनिधि गाउँ नआएको गुनासो पोखेका छन् । 

एैलानी जग्गामा बसोबास गर्दै आएको स्थानीय इन्दल मल्लिक डोमले बालबालिका घरको अभावमा कठ्यांगिँरदै जीवन बिताउँदै आएको बताउनुभयो । राति जाडो हुँदा रातभर जाग्राम भएर बस्नुपर्ने स्थिति रहेको मल्लिकले गुनासो पोखे । 

लीलादेवी मल्लिकले जनप्रतिनिधिले झुठो आश्वासन दिएर मत मागेर लगेता पनि पछि फर्केर नआउँदा अनेकौँ समस्या रहेको सुनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार