Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ७, पोखरा | ब्लड क्यान्सर रोगबाट पीडित पोखराको रामबजार निवासी ईश्वर गर्वुजाका छोरा मिगिन गर्वुजाको उपचारका लागि शनिबार रु छ लाख १४ हजार ५०० सहयोग प्राप्त भएको छ ।

पोखराको फुलबारीस्थित मनकामना बोर्डिङ स्कुलका पूर्वविद्यार्थीको संस्था (मेसा)का अध्यक्ष शिव पुनले शनिबार आठ वर्षीय पीडित बालक मिगिनका पिता ईश्वरलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । हाल उनको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । मेसाका अध्यक्ष पुनको सक्रियतामा विभिन्न देशमा रहेका सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो ।

एक वर्षअघि ब्लड क्यान्सर रोग लागेका मिगिनको उपचारका लागि यसअघि युनाइटेड क्लबले रु दुई लाख ५२ हजार सहयोग प्रदान गरिसकेको छ । रासस