१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

७ माघ २०७४, आईतवार ०६:२७

माघ ७, बुटवल | प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । 

उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई ७ नं प्रदेशका सचिव सनतकुमार दवाडीले पदबहाली गराउनुभयो । रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आज हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन उहाँ शनिबार मात्र यहाँ आइपुग्नुभएको हो । 

पदबहालीपछि आफ्नै कार्यकक्षमा प्रदेश प्रमुख झाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीन वटै तहको निर्वाचनपछि अब संविधानले प्रदान गरेका जनताका अधिकारलाई सबैभन्दा पहिले संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनताका आकांक्षा स्वाभाविक रुपले धेरै भएको अवस्थामा संविधान र कानूनअनुसार धैर्य राखेमा संस्थागत गर्न कुनै समस्या हुँदैन । ” प्रदेशसभाका सांसदको शपथपछि प्रदेशसभाको बैठक आह्वान हुने र सरकार गठनको प्रक्रिया थालनी हुने छ । पदबहाली कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायत जिल्लाका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । (तस्वीर उपलब्ध छ) रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार