२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

२०७४, ७ माघ आईतवार ०६:२७

माघ ७, बुटवल | प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । 

उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई ७ नं प्रदेशका सचिव सनतकुमार दवाडीले पदबहाली गराउनुभयो । रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकिएपछि आफ्नो जिम्मेवारी सम्हाल्न र आज हुने प्रदेशसभाका सांसदलाई शपथ गराउन उहाँ शनिबार मात्र यहाँ आइपुग्नुभएको हो । 

पदबहालीपछि आफ्नै कार्यकक्षमा प्रदेश प्रमुख झाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली जनताको चाहनानुसारको संघीय लोकतान्त्रिक गणतन्त्रले मूर्त रुप लिन लागेको अवस्थामा तीन वटै तहको निर्वाचनपछि अब संविधानले प्रदान गरेका जनताका अधिकारलाई सबैभन्दा पहिले संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनताका आकांक्षा स्वाभाविक रुपले धेरै भएको अवस्थामा संविधान र कानूनअनुसार धैर्य राखेमा संस्थागत गर्न कुनै समस्या हुँदैन । ” प्रदेशसभाका सांसदको शपथपछि प्रदेशसभाको बैठक आह्वान हुने र सरकार गठनको प्रक्रिया थालनी हुने छ । पदबहाली कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलगायत जिल्लाका उच्च प्रशासनिक तथा सुरक्षा निकायका प्रमुख, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता थियो । (तस्वीर उपलब्ध छ) रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते