२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रभात सहकारीको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशन

२०७२, १ मंसिर मंगलवार ०५:३५

सन्तोषकुमार गुप्ता/मंसिर १ ,देउखुरी  । सहकारी शिक्षा मार्फत गाउँ गाउँमा सन्देश प्रवाह गर्न सके मात्र सहकारी संस्थाको विकास हुने एक कार्यक्रमका वक्ताले बताएका छन् । प्रभात बचत तथा ऋण सहकारी सस्था लिमिटेड सिसहनियाँको सोमबार सिसहनियाँ मै भएको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताले सो कुरा बताएका हुन् । साथै उनीहरुले सहि ठाउँमा ऋण लगानी गर्न सके मात्र सहकारी फाइदामा जाने सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष सनिराम चौधरीको अध्यक्षता एवम् डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद पौडेलको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थाका सचिव बसन्तकुमार चौधरीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष बाबुराम अधिकारीले आर्थिक प्रतिवेदन र लेखा समिती संयोजक किरण खनालले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष रामप्रसाद चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ दाङका कोषाध्यक्ष तथा महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किरण भण्डारी, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बामदेव चौधरी, सिसहनियाँ कृषि सहकारी संस्थाकी उपाध्यक्ष भगवता शर्मा, सर्वहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दयाराम चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो साथै कार्यक्रममा सञ्चारको क्षेत्रमा रहि महत्वपुर्ण योगदान पु¥याएको भन्दै सञ्चारकर्मी ओमप्रकाश गुप्ता सहित ४ जना लाई संस्थाले सम्मान गरेको छ ।

यसरी सम्मानीत हुनेहरुमा असल बचतकर्ता तुलीराम चौधरी, असल ऋणी ज्योतीकुमार चौधरी र संस्थाका अध्यक्ष शनिराम चौधरी रहनुभएको छ । साथै सोमवार भएको सभाको बनदसत्रले पुन शनिराम चौधरीकै अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमित समेत चयन गरेको छ । जसको उपाध्यक्षमा मधु अधिकारी, सचिवमा बसन्तकुमार चौधरी, कोषाध्यक्षमा रामप्रसाद चौधरी र सदस्यहरुमा ओमप्रकाश गुप्ता, आशा चौधरी र केशव चौधरी रहनु भएको छ त्यसै गरि सभाले शिवहरि शर्माको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति, बासुदेव चौधरीको संयोजकत्वमा ३ सदस्यीय ऋण उपसमिति र ओमप्रकाश गुप्ताको संयोजकत्वमा ३ सदस्यीय शिक्षा उपसमिति समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने