१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

७ माघ २०७४, आईतवार ०६:३५

माघ ७, ललितपुर | पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ । 

आगन्तुकलाई दोहोर्याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो । अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित प्रदर्शनी हुनेछ । उहाँले भन्नुभयो, “कहिले पौभा, कहिले वेशभूषा त कहिले यस्तै केही एउटामा केन्द्रित प्रदर्शनी हुनेछ ।” 

विभिन्न उमेर, पेशा र रुचिका आगन्तुकलाई केन्द्रित गरेर प्रदर्शनी गरिने सङ्ग्रहालयको योजना छ । यसबाट आगन्तुकले एकैखालका विषयमा ज्ञान पाउने प्रमुख लाखे बताउनुहुन्छ । नेपालीलाई सङ्ग्रहालय जाने बानी बसाल्न र एक पटक आएकाहरुलाई दोहोर्याउनका लागि कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । 

प्रदर्शनी हुने सुन्दरीचोक नै ज्ञानका हिसाबले आगन्तुकका लागि महत्वपूर्ण छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म बन्द यो चोकबाट नै आगन्तुकले धेरै कुरा भेट्नुहुनेछ ।” सङ्ग्रहालयले सुन्दरी चोकका भुइँमा माटाले लिपेर पुरानै स्वरुप दिएको छ । यहाँ आउने आगन्तुकको संख्या वर्षेनी बढिरहेको सङ्ग्रहालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार